Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

सकारात्मक र सक्षम युवा समाज रूपान्तरणका नायक बन्न सक्छन् : उपप्रधानमन्त्री सिंह

खबरडबली संवाददाता

ललितपुर। उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रूपान्तरणका नायक बन्न सक्ने विश्वास व्यक्त गरेको छन्। राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास २०२५ को उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सिर्जना र साहसको स्रोत मानिने युवा वर्ग राज्यको आवश्यकता पहिचान गरी योगदान पुर्‍याउन तत्पर रहने विश्वास व्यक्त गरेको हो ।

“वर्तमान अवस्थामा हिमालको काखमा अवस्थित हाम्रो सुन्दर भूमि आन्तरिक र बाह्य बसाइँसराइको अस्वभाविक प्रवृत्तिले रित्तिँदो अवस्थामा रहेको छ, इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले युवाको साथ खोजिरहेको छ, सुन्दर र शान्त यो भूमिले खोजेको साथलाई यहाँहरूले पक्कै छाडेर हिँड्नु हुने छैन भन्ने विश्वास रहेको छ”, उपप्रधानमन्त्री सिंहले भने।

उनले युवाको सर्वाङ्गीण विकासको लागि अनुकूल वातावरण निर्माण गरी नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराउने उद्देश्यले विसं २०७२ मा राष्ट्रिय युवा परिषद्को स्थापना भएको स्मरण गर्दै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने र गर्न सकिने कामहरूका लागि हामी तपाई युवाहरूबाट अपेक्षा र सुझाव चाहन्छौँ भने।

उपप्रधानमन्त्री सिंहले विश्वमा बढ्दै गएका पर्यावरणीय तथा वातावरणीय समस्या, राजनीतिक ध्रुवीकरण, अन्तरराष्ट्रिय सम्बन्ध, आणविक हातहतियारको प्रयोगलगायतका सवालमा युवा वर्गलाई सचेत गराउनुका साथै समस्या समाधानका लागि युवाबीच छलफल, अन्तर्क्रिया र सामूहिक उत्तरदायित्वको साझा धारणा निर्माण  हुने बताए। पछिल्लो जनगणनाअनुसार नेपालमा हाल १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत रहेको स्मरण गर्दै उहाँले यो हाम्रो लागि जनसाङ्ख्यिक लाभको समय पनि हो भने ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मुलुकको सर्वाङ्गिण विकासका युवाहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै नीतिनिर्माणमा युवाहरूको अर्थपूर्ण सहभागिताका लागि युवा परिषद्ले विभिन्न किसिमका रचनात्मक कार्यक्रम गर्दै आएको जानकारी गराए । उनले यो अभ्यासबाट राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा नेतृत्वदायी भूमिकामा अव्वल हुने विश्वास व्यक्त गर्दै हरेक क्षेत्रमा युवा वर्गको सहभागितालाई महत्त्व दिएका छौँ भने। 

मन्त्री चौधरीले जोश र होसका साथ कानुन र दायित्वप्रति प्रतिबद्ध रहेर अगाडि बढ्न यो कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा राखे।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० का नेपाल प्रतिनिधि क्योको योकोसुकाले यस नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास विश्व परिवेशको विविधता, समावेशीता, कुटनैतिक पक्ष र लोकतान्त्रिक पद्धतिलाई परिस्कृत बनाउन सहयोग पुर्‍याउने विस्वास व्यक्त गरे।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुको नेतृत्व विकास गर्दै अन्तरराष्ट्रिय मञ्चहरुमा युवाहरूलाई दक्ष र सक्षम बनाउन, विश्वव्यापी मुद्दा, सांस्कृतिक समझदारी, दिगो विकास लक्ष्यलगायतका विषयवस्तुमा बहस गर्न यो कार्यक्रम आयोजना गरिएको बताए। उनले देशैभरबाट सहभागी भएका युवाहरूको नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास चार दिनसम्म सञ्चालन हुने जानकारी गराए ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्दोलनको नाममा घर जलाउनेहरुलाई कारबाही गर्ने दिन आउँछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने भन्दै त्यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरेको बताएका छन् ।  ...

महोत्तरीको उम्मेदवारी दर्तामा ऐतिहासिक चाप, १४३ जनाको मनोनयन

बर्दिबास। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीको उम्मेदवारी दर्तामा उल्लेख्य चाप देखिएको छ । चार लाख ३१ हजार २५२ मतदाता रहेको जिल्लामा प्रतिनिध...

गोरखाका दुई निर्वाचन क्षेत्रमा २७ जनाको मनोनयन दर्ता

सुलीकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लाका दुई निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २७ जना...

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर । षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका  ५० परिवार पानीको समस्याले पीड...

सुनको भाउ तोलामा १० हजार ४ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ...

झापा–५ मा सबैभन्दा बढी र १ मा सबैभन्दा कम उम्मेदवारी दर्ता

दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं। ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ । देशकै ध्यान केन्द्रित भएको झा...

३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार सबैभन्दा धेरै

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन हुने १६५ सिटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये ३...

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending