Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : आगामी जनवरी १ देखि सञ्चालन गर्ने तयारी

खबरडबली संवाददाता

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गरेको छन् ।

मन्त्रालयका सचिवसहितका उच्चस्तरीय अधिकारीसँगै मन्त्री दाहालले आइतबार निर्मार्णाधिन सुरुङमार्गको अनुगमन तथा निरीक्षण गरेको हो ।

सो अवसरका सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालको गोरवको विषय भएको बताए । उनले लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने तयारीमा रहेको सुरुङमार्गको सब–अपरेशनको काम अगामी कात्तिक ७ गतेदेखि सुरु गरिने उल्लेख गरे ।

मन्त्री दाहालले अगामी वर्ष सन् २०२६ को जनवरी १ देखि सुरुङमार्गलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए।

‘‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालको गोरवको विषय हो । लामो समयको प्रतिक्षापछि यो सञ्चालनमा आउने तयारीमा छ । अहिले पनि काम भइरहेको छ । हामी अगामी कात्तिक ७ गतेदेखि सामान्य सब–अपरेशनको काम चाहीँ सुरु गर्छौं । सिभिल वर्क अक्टोवर २५ मा सकिन्छ ।,’’ मन्त्री दाहालले भने, ‘‘त्यो काम सकिएपछि हामीलाई हस्तान्तरण हुन्छ । यसलाई पूर्णरुपमा अगामी वर्षको जनवरी १ देखि सुरु गर्ने भनेका छौँ । तर त्यसअघि नै हामीले सुरुङमार्ग सञ्चालनको लागि डेमो जस्तो गरेर यसलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनका लागि कामहरु गर्छौं ।’’ 

नेपालको सुरुङ युगको सुरुवात नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाट गरिने मन्त्री दाहालको दाबी छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लोकसेवा तयारीकर्ताको नारा: पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए भर्ना छैन जाऊ

काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले आयोगको अधिकार र नियमित पदपूर्ति प्रक्रिया सुनिश्चित गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलाम...

कुटपिट भएको भन्दै गायक अशोक दर्जी प्रहरीमा, भिडियो भाइरल भएपछि अनुसन्धान तीव्र

विराटनगर । गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै झापा प्रहरीमा उजुरी दिएका छन्। सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल भएपछि प्रहरीले घटनाको अनु...

सहकारीको बचत फिर्ता माग गर्दै माइतीघरमा पीडितहरूको प्रदर्शन

काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्...

मेची राजमार्ग अवरुद्ध कायमै, सर्वसाधारण समस्यामा

इलाम। करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिननै बग्ने र स...

सुनसरीमा कर्फ्यु उल्लंघनपछि नेपाली सेना परिचालन

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ। ...

ग्लोबल आइएमई बैंकमा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। लिङ्कः ht...

सिरहामा मागअनुसार डिएपी मल पुग्न अझै १० दिन लाग्ने

लहान। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा मागअनुसार डिएपी मल सहज रूपमा वितरण गर्न अझै १० दिन लाग्ने जनाएको छ । धान खेतीका लागि...

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको स...

सुनसरी गोलीकाण्डपछि गृहमन्त्री गुरुङको सुरक्षा प्रमुखसँग आकस्मिक छलफल

काठमाडौं । सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीस...

नागढुङ्गा सुरुङमार्गको हराएको शिलालेख पुनर्स्थापना गरिनेछ: मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुन: स्थापना गरिने बताएका छन्। उद्घाटन समा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending