रूपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ जितवापुरमा चलिरहेको महायज्ञका क्रममा दुई समूहबीच झडप भएको छ । महायज्ञमा पुगेका युवाहरूको समूहले युवतीलाई जिस्काएपछि बढेको विवाद हुँदा झडपमा भएको हो ।
प्रहरीका अनुसार झडपमा एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार महायज्ञ जेठ २ गतेदेखि सुरु भएको हो। पछिल्ला दिनहरूमा मोहसडबाट आएका केही युवाहरू रातिको समयमा विवाद गर्दै आउने गरेका थिए। शनिबार राति करिब १२ बजेपछिको समयमा पनि त्यही समूह महायज्ञस्थलमा आएर विवाद गर्न थालेपछि दुवै पक्षबीच कुटपिट भएको थियो। घटनामा स्थानीय विक्रम सिंह घाइते भएका छन्। उनी लुम्बिनी प्रदेश सभा सदस्य कन्यैया बानियाका स्वकीय सचिव हुन् । उनको हात र खुट्टामा चोट लागेको र हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोहसडका २७ वर्षीय कमरउद्दिन मुसलमान र २६ वर्षीय रोशन अली फकिर छन्।
प्रहरी उपरीक्षक क्षेत्रीले पक्राउ परेकाहरूको साथबाट गोली नभएको एकथान कटुवा पेस्तोलसमेत बरामद गरिएको जानकारी दिए। हाल उनीहरू इलाका प्रहरी कार्यालय लुम्बिनीको हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लुम्बिनीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक मगराठीका अनुसार महायज्ञमा गएका युवाहरूले युवतीलाई जिस्काएपछि विवाद सुरु भएको हो । उनले अहिले अवस्था सामान्य भएको र स्थानीयले गलत गर्नेलाई छानविन गरेर कारबाही गर्न सुझाएको बताए ।
स्थानीयका अनुसार महायज्ञमा सहभागी स्थानीय युवाहरू र वडा नं. ५ मोहसड गाउँबाट आएका युवाहरूबीच शनिबार राति विवादपछि झडप भएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: