काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार बेठीक बाटोमा गइरहेको बताएका छन् । जागरण अभियानअन्तर्गत बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार भ्रष्टाचारीहरूको संरक्षण र दलालहरूको हित गर्नेतिर लागेको बताए। उनले भने, ‘अहिले म सुन्दैछु विमानस्थल भन्सारमा लाखौँ–करोडौँको घोटाला हुने गरेको छ । म प्रधानमन्त्री र नारायणकाजी गृहमन्त्री भएको बेलामा हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइट गर्दै लगेका थियौँ। अहिले एउटै रुटबाट सरकारको हातमा ५०औँ लाख गइरहेको छ भ्रष्टाचारको रूपमा । यो स्थिति भएपछि कसरी आर्थिक स्थितिमा सुधार हुन्छ ?’
प्रचण्डले अहिले अभियानमा हिँड्नुको पछाडि पनि सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्नु मुख्य उद्देश्य भएको बताए। उनले थपे, ‘हामी अहिले सरकारलाई खबरदारी गरिरहेका छौँ, यसबाट पनि शिक्षा लिँदैन भने आन्दोलित हुने तयारीको पनि उद्देश्य रहेको छ।’
उनले देश बन्दैन, कुनै पार्टी पनि राम्रा छैनन् भन्ने भाष्य बनेकोप्रति चिन्ता व्यक्त गरे। प्रचण्डले भने, ‘यदि सरकारले आफूलाई सच्याउनेतिर गएन भने नेपालका निकै ठूलो जनआन्दोलनको स्थिति बन्नेछ । जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दैछ। सरकार उल्टो बाटो चल्दै गएको छ। जति उल्टो बाटोमा चल्छ त्यति जनतामा आक्रोश बढ्छ।’
अहिले प्रमुख प्रतिपक्ष दलको हैसियतले अहिले सरकारलाई खबरदारीमात्रै भनेको बताए । उनले थपे, ‘हामीले आन्दोलनको अपिल अझै गरेका छैनौँ, तर सरकार यही रूपले अगाडि बढ्ने हो भने सायद आउने वर्षापछि शक्तिशाली आन्दोलन नेपालमा बन्छ । त्यसले नयाँ आर्थिक र सांस्कृतिक क्रान्तिको वातावरण बन्छ । समाजलाई नयाँ समृद्धिको यात्रा त्यहाँबाट हुनेछ । तर हामी चाहन्छौँ । यो सरकारले समयमै चेतोस्। माओवादीले जब गम्भीर ढङ्गले अपिल गर्दै हिँड्छ त्यसको विशेष अर्थ र महत्त्व हुन्छ । विगतमा पनि हामीले उठाएको विषयलाई गम्भीरतापूर्वक नलिँदा १० वर्षे जनयुद्धको रूपमा विद्रोहले जन्म लियो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: