मस्को। रुसको राजधानीमा आक्रमण भएपछि बिहीबार मस्को वरपरको हवाई यातायात अवरुद्ध भएको र रातभरमा सहरलाई लक्षित ३५ युक्रेनी ड्रोन खसालिएको रक्षा मन्त्रालयले बताएको छ ।
“हवाई रक्षा प्रणालीले एक सय पाँच युक्रेनी ड्रोन नष्ट र रोक्यो, तीमध्ये ३५ मस्कोतर्फ गइरहेका थिए”, मन्त्रालयले एक विज्ञप्तिमा भन्यो ।मस्कोका मेयर सर्गेइ सोब्यानिनले टेलिग्राम पोस्टमा भने, “आपत्कालीन सेवा विशेषज्ञहरू खसेको भग्नावशेष भएको ठाउँमा काम गरिरहेका छन् ।”
मेयरका अनुसार सहरतर्फ २७ वटा ड्रोन प्रहार गरिएको एक दिनपछि र रुसले सप्ताहन्तमा युक्रेनविरुद्ध रेकर्ड सङ्ख्यामा ड्रोन तैनाथ गरेपछि आक्रमण भएको हो ।तीन वर्षअघि रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेदेखि दुई देशले लगभग दैनिक आधारमा एक अर्काविरुद्ध ड्रोन तैनाथ गरेका छन्, तर मस्कोलाई विरलै लक्षित गरिएको छ ।
बिहीबार धेरै मस्कोका धेरैजसो विमानस्थलमा उडानहरू अवरुद्ध भएको रुसको उड्डयन प्राधिकरण रोसाभियत्सियाले जनाएको छ ।
विमानहरू अस्थायी रूपमा सहरको मुख्य शेरेमेत्येवो विमानस्थलका साथै अन्य विमानस्थलमा ग्राउन्डेड गरिएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बारम्बार किएभ र पश्चिमको बिना शर्त र तत्काल युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छन् ।
रुसले अहिले क्रिमिया प्रायद्वीपसहित युक्रेनको करिब पाँच भाग नियन्त्रणमा लिएको छ । क्रिमियालाई उसले सन् २०१४ मा कब्जा गरेको थियो । यो लडाइँले दशौँ हजारको ज्यान लिएको छ, लाखौँलाई आफ्नो घर छोड्न बाध्य पारेको छ र युक्रेनको पूर्व र दक्षिणका सहर र गाउँहरू ध्वस्त पारेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: