Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

राष्ट्रिय लघुवित्त संगठन नेपाल अध्यक्षमा डाँगी

खबरडबली संवाददाता

काठमाडाैं । राप्रपा नेपालले लघुबित्तसंग सम्बन्धितहरुको संगठनको रुपमा राष्ट्रिय लघुबित्त संगठन नेपाल गठन गरेको छ । 

पार्टीको भातृ संगठनको हैसियत दिई निर्माण गरिएको संगठनको अध्यक्षमा  सुमित्रा डाँगी (संखुवासभा) रहेकी छिन् । समितिको उपाध्यक्षमा गणेश आचार्य र  रामकला बराल (काभ्रेपलाञ्चोक) रहेका छन् भने महासचिबमा राजकुमारी महतो (नवलपुर) रहेकी छन्  ।

यसैगरि उप-महासचिबमा विजयकुमार ठाकुर (पर्सा), सचिब रामसली तामाङ , कोषाध्यक्ष योजना बराइली, सहायक कोषाध्यक्ष ज्ञानध्वज तामाङ  तथा सल्लाहकारमा अनिशा बराल, आरजु के.सी र  सरोज मैनाली रहेका छन् । 

नब गठित कार्यसमितीलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिदै पार्टी अध्यक्ष कमल थापाले सहकारी , लघुबित्त र मिटरब्याजको समस्या समाधान राप्रपा नेपालको उच्च प्राथमिकतामा रहेको बताए ।  

गरिब दुखी जनता पिसियका छन् , पेलियका छन् , शोषणमा परेका छन् भन्दै थापाले अहिलेको यथास्थितिबाट मुक्ती लिने हो भने आन्दोलन र परिबर्तनको बिकल्प नभएको जिकिर गरे । 

थापाले भने " सबै बर्ग , क्षेत्र , समुदायलाई समेटेर हामी आन्दोलनमा जादैछौ, आन्दोलन शान्तिपुर्ण हुन्छ,  सबैको सहयोगको अपेक्षा गरेका छौ, आन्दोलन निर्णायक हुन्छ" । 

समितिलाई देशैभरीबाट समेटेर सन्तुलित,समाबेशी बनाईने र संगठनले चाढै नै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको समेत जनाईएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending