म्याग्दी । राज्यको नियम तथा कानुनको उल्लङ्घन गर्दै अवैध तवरले सञ्चालनमा रहेका पश्चिम म्याग्दीको दरवाङ स्थित औषधी पसलहरूमा गाउँपालिकाले ताला लगाएको छ ।
नियामक निकायमा दर्ता नगरेको, आवश्यक सामान्य मापदण्ड पनि पुरा नगरेका ६ वटा औषधी पसल सिलबन्दी गरिएको गाउँपालिकाले जनाएको छ । मालिका गाउँपालिका–६, दरबाङ बजार क्षेत्रमा रहेका औषधी पसलको मालिका गाउँपालिकाले गरेको अनुगमन गर्दा बिना दर्ता सञ्चालनमा रहेको पाइएपछि औषधी पसललाई बन्द गरिएको गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष बेगप्रसाद खर्बुजाको नेतृत्वमा गएको अनुगमन टोलीमा उपाध्यक्ष लक्ष्मी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकाल, स्वास्थ्य संयोजक सन्तुकुमारी कार्की, इलाका प्रहरी कार्यालय दरवाङका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । टोलीले गरेको अनुगमनको क्रममा औषधी पसल दर्ता नभएको, औषधीहरूको सुरक्षित भण्डारण र रेकर्ड नराखेको, नियमित बिक्री वितरणका बारेमा जानकारी नराखेको देखिएको स्वास्थ्य संयोजक कार्कीले बताए । ‘बजारदेखि ग्रामीण क्षेत्रसम्म दर्ताबिना सञ्चालित पसल बन्द गछौं, अनुगमनलाई तीव्रता दिन्छौ’ स्वास्थ्य संयोजक कार्कीले भने ।
अनुगमनमा गाउँपालिका अध्यक्ष गर्बुजाले औषधी व्यवस्था विभाग, गाउँपालिकामा दर्ता नभएका औषधी पसललाई कडाइ गरिने बताए । जनताको प्रत्यक्ष सरोकार रहने औषधी पसल सामान्य प्रक्रिया समेत पुरा नगरी सञ्चालन हुँदा मानव स्वास्थ्यमा जोखिम हुने भएकोले आवश्यक प्रक्रिया पुरा गरेर सञ्चालन गर्न निर्देशन सहित बन्द गरिएको उनको भनाई छ । कानुनी प्रक्रिया पूरा नगर्ने, अनधिकृत व्यक्तिबाट औषधि बिक्री गर्ने, चिकित्सकको प्रेसक्रिप्सन ९पुर्जा० बिना बिरामीलाई औषधी दिने गरेको गुनासोका आधारमा अनुगमन गर्दा दर्ता बिनै सञ्चालन गरेको पाइएपछि बन्द गरिएको उनले बताए ।
मालिका गाउँपालिकाको दरवाङ बजार क्षेत्रमा मात्रै गत वर्ष सम्म ९ वटा पसल सञ्चालनमा रहेको भए पनि यस पटक सँगै ७ वटा पसल बन्द भएका छन् । सामान्य प्रक्रिया पुरा गरेर सञ्चालनमा रहेका दुई वटा मात्रै भेटिएको स्वास्थ्य शाखा प्रमुख कार्कीले जानकारी दिए ।
मालिका गाउँपालिकाले ७ वटै वडामा अनुगमन गरेर अवैध तवरले सञ्चालनमा रहेको भेटिएमा बन्द गरेर कानुनी दायरामा आएर मात्रै सञ्चालनका लागि निर्देशन दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिए । म्याग्दी जिल्ला भित्र ५० भन्दा धेरै औषधी पसल सञ्चालनमा रहेको भए पनि औषधी व्यवस्था विभागबाट १५ पसलले मात्रै अनुमति दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: