Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

पाँचथरको हेवाखोलामा पुनः बेलिब्रिज जडान हुने

खबरडबली संवाददाता

पाँचथर । दुई पटक बाढीले पुल बगाएको मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पुनः जडान हुने बेलिब्रिजका पार्टपुर्जा जडान स्थलमा ल्याइपु(याइएको छ । पछिल्लो पटक गत असोज १२ गते आएको बाढीले त्यहाँ निर्मित बेलिब्रिज बगाएपछि सडक डिभिजन इलाममार्फत पुनः जडानको प्रव्रिmया अगाडि बढाइएको हो ।

बेलिब्रिज जडानका लागि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बेलिब्रिजका आधारका लागि फिदिम नगरपालिकातर्फ दुई हजार छ सय घनमिटर ग्याबिङ पर्खाल र चार सय घनमिटर पक्की पर्खाल निर्माण भइसकेको छ । फिदिमतर्फ पहुँच सडकको काम पनि पूर्ण भएको सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमले जानकारी दिए ।

खोलापारि हिलिहाङ गाउँपालिकातर्फ ट्र्याक खोल्ने काम सकिएकोे छ भने बेस ढलान गरिँदै छ । बेलिब्रिज जडान, बेस निर्माण र पहुँच सडक निर्माणको सबै काम गर्न सडक डिभिजन इलामसँग दोभान–सुपर सौगात–लाइट बिल्डर्स जेभी नामक निर्माण कम्पनीले सम्झौता गरेर काम गरिरहेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि पवन भट्टराईका अनुसार बेलिब्रिजको सुरक्षाका लागि फिदिमतर्फ पर्खालभन्दा तल ‘ड्रिल’ गरेर खोलाको सतहसम्म एक सय वटा फलामे पाइप गाडिएको छ । उनले बेलिब्रिज जडानका लागि आवश्यक पर्ने पार्टपुर्जा ढुवानी भइसकेको बताए ।

भट्टराईले भने, “बेस निर्माण र पार्टपुर्जा ढुवानीको सबै काम सकियो । जडान गर्ने प्राविधिक फोक्सिङटारको बेलिब्रिज खोल्दै हुनुहुन्छ । उहाँ यहाँ आएर काम थालेको १५ दिनभित्र पुलबाट गाडी आउजाउ गर्न सक्छन् । ती सबै काम पूरा हुन बढीमा २० दिन लाग्छ ।”

यहाँको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले पक्की पुल बगाएको थियो । त्यसपछि २९ दिन लगाएर निर्माण गरिएको बेलिब्रिज पुनः २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ सङ्घीय सरकारले दोस्रो पटक बेलिब्रिज जडान गर्ने प्रक्रिया अगाडि बढाएको हो । बेलिब्रिज बगेपछि हाल हेवाखोलामा ह्युमपाइपबाट पानी पठाएर (डाइभर्सन) सवारी र ढुवानी साधन आवागमन गरिँदै छ ।

यहाँ बेलिब्रिज जडान गर्न सडक डिभिजन कार्यालय इलामसँग बेलिब्रिज ढुवानी, संरचना निर्माण, पहुँचमार्ग निर्माण तथा जडानको ठेक्का दोभान–सुपर सौगात–लाइट बिल्डर्स जेभीसँग सम्झौता गरी काम अगाडि बढाएको छ । सबै कामका लागि तीन करोड ४९ लाख रुपियाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन इलामले जनाएको छ । सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमका अनुसार हेवामा जडान हुने बेलिब्रिजको लम्बाइ ७० मिटर रहने छ । यो नेपालमा हालसम्म जडान भएकामध्ये सबैभन्दा लामो बेलिब्रिज हो । 

हेवाखोलामा बेलिब्रिज जडानको काम सकिएपछि मेची राजमार्ग हुँदै झापाबाट इलाम–पाँचथर–ताप्लेजुङ आवागमन र उपभोग्य वस्तु ढुवानी सहज हुने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending