Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

सवारी दुर्घटनामा पर्सामा दश महिनामा ३४ को मृत्यु

सांकेतिक तस्विर
खबरडबली संवाददाता

काठमाडौं । पर्सामा चालु आर्थिक वर्षको १० महिनामा सवारीसाधन दुर्घटनामा परेर ३४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयले सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या न्यूनीकरणका लागि सातामा एकपटक ट्राफिक जनचेतनामूलक कार्यक्रम अघि बढाउँदै आइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले जिल्लामा चालु आवमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या न्यूनीकरणका लागि सातामा एक पटक सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिए । ‘हामीले सातामा एकपटक ट्राफिक सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छौँ’ , उनले भने, ‘गत वर्षभरिमा ५१ जनाले सवारीसाधन दुर्घटनामा परेर ज्यान गुमाए । यो वर्ष हामीले ट्राफिक सचेतना फैलाएर ज्यान गुमाउनेको सङ्ख्या न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिँदै आइरहेका छौँ ।’

कार्यालयले दुर्घटना न्यूनीकरणका लागि वीरगञ्जको चोक–चोकमा ट्राफिक सचेतनासम्बन्धी अभियानलाई पनि निरन्तरता दिँदै आइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको अगुवाइमा बुधबार साँझ वीरगञ्जको घण्टाघरचोकमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।

वीरगञ्जमा ट्राफिक नियम उल्लङ्घन गर्ने तथा सवारी चालकलाई लक्षित गरेर एकघण्टे प्रशिक्षण गरिएको हो ।  प्रमुख लोकराज भट्टले ट्राफिक नियम पालना गर्न सवारी चालक तथा यात्रुलाई अनुरोध गरेका छन् । ‘सवारी दुर्घटनाका कारणले धेरैले ज्यान गुमाइरहेका छन्,’ उनले भने, ‘ट्राफिक नियम पालना गर्दा ठुला खालका दुर्घटनाबाट पनि जोगिन सकिन्छ । त्यसैले दुर्घटनाबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका उपाय पालना गर्न हाम्रो आग्रह छ ।’

समृद्धि नेपाल फाउन्डेसनका अध्यक्ष सुरज सर्राफले पनि वीरगञ्जमा सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिए । कार्यक्रम संयोजक दिलीपराज कार्कीले रोगले भन्दा सवारीसाधन दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या उच्च भएकाले पनि ट्राफिक नियमको पालना गर्नुपर्ने बताए ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

रास्वपा सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाविरुद्ध उजुरी दर्ता

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...

बालेनले चुनाव नजित्दै प्रधानमन्त्रीको डोमेन लाइभ

काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...

यस वर्षको एसईई परीक्षा चैत १९ गतेबाट, यस्तो छ तालिका

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडाइ: १६३ उजुरी दर्ता, एक सञ्चार माध्यम कालोसूचीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...

रुकुमपूर्वमा प्रचण्डको घरदैलो तीव्र, सहिद परिवारसँग भेटघाट गर्दै मतदातासँग मत माग्दै

रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...

प्रतिनिधिसभा निर्वाचनः ४ जिल्लाका ५ उम्मेदवारविरुद्ध उजुरी दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...

उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको भेट

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...

म्याग्दीमा श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ

म्याग्दी  । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending