काठमाडौं । खाडी मुलुक सहित एशियाका सात गन्तव्यमा वैदेशिक रोजगारका लागि जाने श्रमिकको भिसा र हवाई टिकटवापतको खर्च रोजगारदाताले नै व्यहोर्ने व्यवस्था गर्न सर्वोच्च अदालतले ७ वर्ष अघि दिएको निर्देशनात्मक आदेश अझैसम्म पनि कार्यान्वयनमा आएको छैन।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार दलाल(म्यान पावर)मार्फत हुँदै आएको ठगी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा कामदार ठगिने अवस्थाको अन्त्य हुन नसकेको हो।
श्रम मन्त्रालयले २०७२ साल असार २१ गते युनाइटेड अरब इमिरेट्स, मलेसिया, कतार र साउदी अरबसमेत ७ श्रम गन्तव्य मुलुकमा जाने नेपाली कामदारको भिसा तथा टिकटको रकम रोजगारदाताले नै बेहोनुपर्ने निर्णय गरेकोमा सर्वोच्च अदालतले २०७५ पाैष १८ गते मा निःशुल्क भिसा र टिकटको निर्णय प्रभावकारी ढंगले लागू गर्न पनि निर्देशनात्मक आदेश समेत जारी गरेको थियो।
मन्त्रालयको निर्णय र सर्वोच्चको आदेशका बावजुद पनि म्यानपावर सप्लायर्सले विभिन्न बहानामा श्रमिकको शोषण गर्ने क्रम जारी नै राखेका छन्।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा २४ मा कुनै खास मुलुक वा कम्पनीको लागि प्रति कामदार सेवा शुल्क र प्रवर्द्धन खर्च सम्बन्धित संस्थाले लिन पाउने रकमको अधिकतम हद तोक्ने उल्लेख छ।
वैदेशिक रोजगार विभागको अभिलेख अनुसार आर्थिक वर्ष २०८०।८१ मा वैदेशिक रोजगारीमा गएका कुल सङ्ख्या ७ लाख ४१ हजार २९७ मध्ये ती मुलुकमा मात्र ६ लाख ४३ हजार ८०४ (८७ प्रतिशत) र युनाइटेड अरब इमिरेट्समा मात्र १ लाख ९३ हजार ४३८ (२६ प्रतिशत) वैदेशिक रोजगारीमा गएको देखिन्छ।
महालेखा परिक्षकको कार्यालयले ६२ औं वार्षिक प्रतिवेदनमा समेत प्रमुख श्रम गन्तव्य मुलुकहरूको भिसा र टिकट प्राप्ती सहज र मितव्ययी बनाउनका लागि वैदेशिक रोजगार विभागलाई सुझाव दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: