Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सार्वजनिक कार्यक्रममै मुख्यमन्त्री र गाउँपालिका अध्यक्षबीच आरोपप्रत्यारोप

खबरडबली संवाददाता

रुपन्देही । दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेश राजधानी रहेको स्थानीय सरकार हो । प्रदेश सरकारका सबै मन्त्रालय, अन्य कार्यालय, प्रदेश सभासहितका महत्वपूर्ण संरचना यही पालिकामा नै रहेका छन् । 

प्रदेशको राजधानी देउखुरी क्षेत्रमा राप्तीसहित गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको केही वडा राखिएपनि अहिले सरकारका करिब सबै संरचना राप्ती गाउँपालिकामै रहेका छन् ।

गाउँपालिकाको भवनमै उद्योग, पर्यटन तथा यातायात मन्त्रालय सुरूवातदेखि बसेको छ । राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नम्बर १, २ र ३, अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर ८ र ९ लाई राजधानीमा समेटिए पनि अहिलेका अधिकांश संरचना राप्तीमै छन् ।

तर यस्तो अवस्थामा प्रदेश सरकार र स्थानीय सरकार प्रमुखको सम्बन्ध राम्रो हुन नसक्दा सार्वजनिक समारोहमै आरोपप्रत्यारोप हुन थालेको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सार्वजनिक समारोहमै मुख्यमन्त्री चेतनारायण आचार्यलाई अब अति भयो राजधानी बुटवल नै फर्काइदिए पनि हुन्छ भनेर भनेपछि उनको कडा आलोचना त्यही समारोहमै प्रमुख अतिथि रहेका मुख्यमन्त्री आचार्यले गरेका छन् ।

‘राजधानी आएर यहाँका जनताले सजाय पाए, जग्गा किनबेच गर्न पाएनन्, धेरै प्रयास गरियो, हामी सबै राप्तीबासी आशावादी थियौ तर भएन, त्यसो हुन सकेन भने अब यहाँ बन्ने सबै संरचना बनेका छन्, विकासका सबै संरचना बनेका छन्, मुख्यमन्त्रीले अब राजधानी बुटवल लगेपनि हुन्छ, जहाँ लगेपनि हुन्छ, यसलाई अन्यथा नलिनुहोला, बाध्य भएर भन्नुपरेको हो’, उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

प्रहरीको धकेलाइमा भीडमा परेका युवराज ओली कुटिए, ‘झोले’ भनेको पुष्टि भएन

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध माइतीघर मण्डलामा भएको प्रदर्शनका क्रममा कुटिएका ५० वर्षीय युवराज ओलीले प्रदर्शनकारीलाई...

पितृ तर्पणकै क्रममा रमेश लेखक पक्राउ, ‘कानुनी प्रतिवाद गर्छु’ भन्दै साथ दिए

भक्तपुर । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकलाई शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको छ। पारिवारिक स्रोतका अनुसार बिहान ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending