Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

तराइमा धमाधम सौर्य उर्जा परियोजना सञ्चालन गर्दै अपी पावर

खबरडबली संवाददाता

काठमाडौं । जलविद्युत र सौर्य उर्जा सहितको नविकरणीय उर्जा उत्पादनमा केन्द्रित कम्पनी, अपी पावर कम्पनी लिमिटेडले मधेश प्रदेशमा चौथो सौर्य उर्जा परियोजना निर्माण गरिरहेको छ।

अपी पावर कम्पनीको लगानीमा बाराको परवानीपुरस्थित नेपाल विद्युत प्राधिकरणको ११ केभिए सबस्टेशन नजिकै भलुहीमा ८ मेगावाट क्षमताको सौर्य विद्युत आयोजना निर्माणाधीन छ । कम्पनीले यो परियोजनाका लागि १२ बिघा क्षेत्रफल जग्गा लिजमा लिएको छ। यो परियोजना ४८ करोड रूपैयाँ लागतमा निर्माण भइरहेको हो।

परियोजना निर्माणस्थल सिमरा विमानस्थलबाट ११ किलोमिटर दक्षिणतर्फ अवस्थित छ।अपी पावरका कार्यकारी निर्देशक संजीव न्यौपानेले ४ महिनाभित्र निर्माण कार्य सम्पन्न गरेर ६ महिनाभित्र राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्य रहेको बताएका छन् । उनका अनुसार, परियोजना निर्माण स्थल छनौटका क्रममा बाँझो र खेतीयोग्य नभएको जग्गा छनौट गरिएको छ।

अपी पावरले यो परियोजनाका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता समेत गरिसकेको छ। यसअघि नै अपी पावरको लगानीमा निर्मित सिमराको १ मेगावाट क्षमताको सौर्य विद्युत परियोजना दुई वर्ष अघि देखि सञ्चालनमा छ। यो परियोजनाबाट उत्पादित उर्जा परवानीपुरस्थित ११ केभिए क्षमताको सबस्टेशन मार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।

औद्योगिक क्षेत्रमा विद्युतको भोल्टेज प्रवाहमा हुने अनियमितताको समस्यो सम्बोधन गर्न परवानीपुर क्षेत्रलाई सौर्य परियोजनाका लागि छनौट गरिएको कार्यकारी निर्देशक न्यौपानेले जानकारी दिए ।

अपी पावर कम्पनीले ८ करोड ५० लाख रूपैयाँको लगानीमा सिमरामा १ मेगावाट क्षमताको सिमरा सौर्य परियोजना निर्माण गरेको थियो। यसैगरी धनुषाको ढल्केवरमा १ मेगावट र रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाट क्षमताको सौर्य विद्युत परियोजना सञ्चालन गरिरहेको छ। यी तीनवटै परियोजनाहरू मधेश प्रदेश भित्रको पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकैको परियोजना हुन् ।

अपी पावर कम्पनी अन्तर्गत, सुदुरपश्चिममा ८।५ मेगावाटको नौगाड गाडफ ८ मेगावाटको अपर नौगड गाड र ४० मेगावाटको अप्पर चमेलिया जलविद्युत परियोजना र सौर्य उर्जा परियोजनासमेतबाट कुल ६२।५ मेगावाट नविकरणीय उर्जा उत्पादन गरिरहेको छ।

कुल ६ अर्ब ७ करोड रूपैयाँ चुक्ता पूँजीको यो कम्पनीले चालू आर्थिक वर्ष २०८१।८२ को तेश्रो त्रैमाससम्ममा ३५ करोड ३४ लाख रूपैयाँ नाफा आर्जन गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

विदेशबाट फर्केका युवालाई कृषिमा टिकाउने गण्डकीको नयाँ योजना, ऋणको ब्याज सरकारले तिर्दै

‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी

बाजुरामा मध्यराति बस्तीमा बाढी पस्यो, १३ परिवारको उद्धार

तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध

धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु

धादिङ    । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...

विश्वकपसँगै बढ्यो ‘अनलाइन बेटिङ’, सरकारले बन्द गर्‍यो २ लाखभन्दा बढी एप र वेबसाइट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...

जन्मदिन मनाउन आठ दिनदेखि निस्किएका १७ वर्षीय किशोरकाे खोजी जारी, अर्कोतर्फ ८० वर्षीया वृद्धा पनि सम्पर्कविहीन

बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...

जनताको दैलोमा रास्वपाको दौड, झापामा सांसदहरू गाउँमै किन सक्रिय?

झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...

४० वर्षको पर्खाइ अन्त्य : अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...

दुई जिल्लाको सिमानामा चम्किँदै सोलेडाँडा, पर्यटकको नयाँ रोजाइ

पोखरा । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोलेडाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्द...

देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending