पोखरा । धवलागिरि आरोहणको ६५ औँ दिवस अवसर पारेर पोखरामा धौलागिरि वारे परिचर्चा गरिएको छ ।
धौलागिरि हिमाल पदयात्रा, समस्या, चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सहभागिले हिमालको प्रचार–प्रसार गरेर धेरै पर्यटक भित्राउनुपर्नेमा जोड दिए । सहभागिले साहसिक पर्यटनका लागि धवलागिरि क्षेत्रको सम्भावना वारे चर्चा गरेका थिए ।
धवलागिरि हिमाल संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्छ । धवलागिरि हिमाल ८ हजार १६७ मिटर उचाइमा पहिलोपटक मानव पाइला पुगेको ६५ वर्ष पूरा भएको छ । सन् १९६० मे १३ मा स्विस–अस्ट्रियन संयुक्त आरोहण दलको म्याक्स आइसेलिनको नेतृत्वमा धवलागिरि हिमालको सफल आरोहण गरिएको थियो ।
सोही सन्दर्भमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अयोजना नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धन र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीको समन्वयमा दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका सचिव इन्द्रप्रसाद बस्यालले गण्डकी प्रदेशमा हिमाल कै कारण पर्यटक भित्राउन सकिने प्रचुर सम्भावना रहेको बताए । सचिव बस्यालले आपसी समझदारीमा साहसिक पर्यटनलाई तिनै तहका सरकारले अगाड बढ्नुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्ड, गण्डकीका कार्यक्रम युवराज गुरुङले पवतीय पर्यटन नेपाल विश्वमा नेतृत्व गर्ने उद्योग रेहेको बताए । विदेशी मुद्रा आर्जन गर्ने माध्यका रुपमा यसलाई लैजानु पर्छ । हिजो भन्दा आज केही मागि उठेका छौँ तर, अझै पुगेको छैन, यसमा सबैको साझा प्रयास हुनुपर्छ गुरुङले भने ।
उक्त अवसरमा पर्यटनविद् समीर बरालले धवलागिरि क्षेत्रको पर्यटन विकासका अवसर र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । बरालले धवलागिरि क्षेत्रको पर्यटनबाट देशले ठुलो लाभ लिन सक्ने बताए । बरालले स्थानीयहरुको सहभागितामा पर्यटनलाई विकास गर्न सके प्रभावकारी हुने विचार राखेका थिए । साहसिक पर्वतारोहीको आकार्षक गन्तब्यका रुपमा प्रचारप्रसार गर्नुपर्ने उनको धारणा थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हिमाल आरोहणका लागि पूर्वाधार बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । पहारीले सहकार्य गर्नुपर्ने निकायहरु आ–आफ्नो तालमा हिड्दा यहाँको पर्यटन प्रवद्धन प्रभावकारी हुन नसकेको बताए ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसा आचार्यले हिमाल आरोहण दिवसलाई टानले निरन्तर रुपमा मनाउदै आएको जानकारी दिए । नेपालमा नेचर, कल्चर र एडभेन्चरको हो । यो मध्य पोखराले बेच्ने भनेको हिमाल नै हो । टानले नयाँ–नयाँ गन्तब्य खोजी गर्ने काम पनि गरिरहेको आचार्यले बताए ।
नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष विकास गुरुङले १ सय ३३ वटा हिमालहरु गण्डकी प्रदेशमा अभिलेखिकरण भएको जानकारी दिए । ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल मध्य ८ वटा नेपाल र ३ वटा गण्डकी प्रदेशमा पर्छन । तर हिमाल आरोण गर्नेको संख्या निकै कम रहेको भन्दै उनले यी हिमालहरु प्रवद्धन हुनुपर्ने बताए ।
टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदीले अन्नपूर्ण चक्रिय पदमार्ग मासिदै गएको र यसको विकल्पमा धवलागिरि पदमार्गलाई विकास गर्न सकिने सम्भावना औल्याए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...
पौष २ गते, २०८२ - ०८:५०
बैतडी । स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्टको मङ्गलबार मृत्यु भए...




प्रतिकृया लेख्नुहोस्: