Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

आन्दोलनमा आएका १५८ शिक्षकलाई पूर्वाग्रह राखेर सरूवा गरिएपछि पुरानै ठाउँमा फर्काउन माग

खबरडबली संवाददाता

काठमाडौं । शिक्षक आन्दोलनमा आएका १५८ जना शिक्षकहरुलाई पूर्वाग्रह राखेर सरुवा गरिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ ।

संगठनले एक प्रेस विज्ञप्ति जारी गर्दै यी गतिविधिहरूलाई ‘पूर्वाग्रही, अराजक र शिक्षक ट्रेड युनियन आन्दोलनलाई कमजोर पार्ने नियोजित प्रयास’ को संज्ञा दिएको छ।

नेराशिसंका अनुसार, नेपाल शिक्षक महासंघद्वारा गत चैत्र–वैशाख महिनामा सञ्चालन गरिएको आन्दोलनमा सहभागी भएका शिक्षकहरूमाथि बदनियतपूर्ण सरुवा र प्रधानाध्यापकहरूको अन्यायपूर्ण हेरफेर गरिएको छ।

संगठनको राष्ट्रिय कार्यालयमा प्राप्त विवरणअनुसार सप्तरी, सर्लाही, धादिङ, सिन्धुपाल्चोक र सोलुखुम्बु जिल्लाका विभिन्न पालिकाहरूमा ठूलो संख्यामा शिक्षकहरूको सरुवा र प्रअ हटाइएको छ।

  • सप्तरी, सुरुङ्गा नगरपालिकाः १४ जना शिक्षक सरुवा र प्रअको हेरफेर
  • सर्लाही, मलङ्गवा नगरपालिकाः ४५ जना शिक्षकको सरुवा
  • धादिङ, बेनीघाट रोराङ गाउँपालिकाः ५५ जना शिक्षकको सरुवा
  • गजुरी गाउँपालिकाः २४ जना शिक्षकको सरुवा
  • सोलुखुम्बु, दुधकुण्ड नगरपालिकाः आन्दोलनबाट फर्किएका २० शिक्षकको सरुवा र प्रअ घटुवा

यस्तो कार्यशैलीले शिक्षक समुदायमा मानसिक त्रास सिर्जना गरेको र शिक्षण–सिकाइको वातावरणमा प्रतिकूल असर पारिरहेको संगठनका महासचिव हंसबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

संगठनले सम्बन्धित सबै सरोकारवाला निकायहरूसँग तत्काल निम्न मागहरू राखेको छः

  • अवैधानिक सरुवा र घटुवालाई तत्काल खारेज गरी शिक्षकहरूलाई पूर्वावस्थामा फर्काइयोस्।
  • शिक्षकहरूको मनोबल कमजोर पार्ने कुनै पनि कार्य नगर्न सम्पूर्ण पालिकाहरूलाई सचेत गराइयोस्।
  • शिक्षा क्षेत्रको स्थायित्व, सम्मान र गुणस्तरका लागि संगठनसँग सहकार्य गरियोस्।

साथै संगठनले नेपाल शिक्षक महासंघ, स्थानीय तह, प्रदेश र संघ सरकारलाई शिक्षक ट्रेड युनियन आन्दोलनको भावना विपरीत कुनै पनि गतिविधि नगर्न स्पष्ट चेतावनीसमेत दिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending