काठमाडौं। निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक भित्रै प्रतिनिधि सभाको उपनिार्वाचन गर्ने तयारी गरेको छ। यहाँका निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएपछि यहाँ प्रतिनिधि सभा सदस्य पद रिक्त छ।
प्रतिनिधि सभामा कुनै पनि सदस्यको पद ६ महिना अवधि बाँकी छँदै रिक्त भएमा त्यो पद उही प्रक्रियाले पूर्ति गर्ने कानुनी व्यवस्था छ। स्वर्गीय बोहरा प्रत्यक्ष निर्वाचित भएकोले उनको निधनपछि रिक्त भएको पद पनि प्रत्यक्ष निर्वाचनबाटै पूर्ति गर्नुपर्ने हुन्छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचन आयोगले रिक्त पद सकेसम्म छिटो पूर्ति गर्ने सोचका साथ काम अगाडि बढाएको छ। कानुनी व्यवस्था अनुसार उपनिर्वाचनको मिति सरकारले तोक्छ तर यसका लागि सरकारले निर्वाचन आयोगको परामर्श लिनुपर्छ। सोही अनुसार निर्वाचन आयोगले प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गरिरहेको प्रमुख आयुक्त भण्डारीले जानकारी दिए।
‘रिक्त पदमा निर्वाचन गरेर पदपूर्ति गर्नुपर्छ भन्ने आयोगको मान्यता हो र हामीले सोहीअनुसार छलफल गरिरहेका छौं’, भण्डारीले डिसी नेपालसँग भने, ‘चाडपर्व छलेर अनुकूल समयमा कात्तिकभित्रै निर्वाचन सम्पन्न गर्ने हाम्रो प्रयास छ।’
असोज र कार्तिकमा दशैं र तिहारजस्ता ठूला चाडपर्व पर्ने भएकोले ती चाडपर्व छल्दै अनुकूल समय मिलाउने प्रयास भइरहेको उनले बताए।
निर्वाचनको मिति तोक्ने कुरामा आयोगले दशैं तिहारको आसपासको मिति रोजेर अधिकतम मतदान गराउने प्रयास पनि गरिरहेको छ।
ठूला चाडपर्वमा विदेशमा र शहरी क्षेत्रमा रहेका मतदाताहरु पनि चाड मनाउन घर फर्किने भएकोले उनीहरु घरमै रहेका बेला निर्वाचन गर्न सके उनीहरुले पनि मतदान गर्न पाउने अवस्था रहन्छ। आयोगले निर्वाचनमा सकेसम्म धेरै मतदाताले भाग लिन पाउन् भन्ने सुनिश्चित गर्ने प्रयास पनि गरिरहेको छ।
निर्वाचन गर्नका लागि नयाँ राजनैतिक दल दर्ता र पुराना दलको अद्यावधिक पनि गर्नुपर्छ। यसका सार्थ मतदाता नामावली पनि अद्यावधिक गर्नुपर्छ।
कुनै पनि क्षेत्रमा निर्वाचनको मिति घोषणा भइसकेपछि त्यहाँको मतदाता नावावली दर्ता रोकिने हुँदा निर्वाचनको मिति घोषणा हुनु अगावै त्यहाँको मतदाता नामावली अद्यावधिक भइसक्नुपर्छ। यी सबै काम समयमै पूरा गर्नको लागि आयोगले अहिल्यैदेखि तयारी गरिरहेको बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - २०:५८
काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजन...
माघ १५ गते, २०८२ - २०:५६
काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागर...
माघ १५ गते, २०८२ - २०:१२
काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न उम्मेदवार र संस्थालाई सोधेको स्पष्टीकरणमा अधिकांशले अझै जवाफ...
माघ १५ गते, २०८२ - २०:०७
सिमकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले हुम्लामा हिमपातकै बीच चुनावी प्रचार अभियानको औपचारिक सुरुवात गरेको छ।...
माघ १५ गते, २०८२ - २०:०३
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने जल तथा मौसम विज्...
माघ १५ गते, २०८२ - २०:००
काठमाडौँ। निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोपमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि रास्वपाका उम्मेदवार खगेन्द्र सुनारसम्मलाई स्पष्टी...
माघ १४ गते, २०८२ - २१:०२
सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...
माघ १४ गते, २०८२ - २०:५०
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...
माघ १४ गते, २०८२ - २०:४९
काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...
माघ १४ गते, २०८२ - २०:४२
कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...




प्रतिकृया लेख्नुहोस्: