रौतहट । ललाइफकाइ विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई भारतको राजधानी दिल्ली स्थित वेश्यालय पुर्याउन खोज्ने एक युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ। रौतहटसँग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थाना क्षेत्र अन्तर्गत जमुनिया स्थित एसएसबी क्याम्पको टोलीले गएराति उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका १० देवापुर टेन्टा घर भएका २५ वर्षीय सुरज गुप्ता रहेको एसएसबी ७१ औँ बटालियनका कमान्डेन्ट प्रफुल पटेलले बताए।
सिम्रौनगढ नगरपालिका अमृतगन्ज घर भएकी पासवान थरकी २० वर्षीय विवाहित युवतीलाई भारत लैजान लागेका गुप्ताले पटक पटक बयान फेरेपछि कडाईका साथ सोधबुझ गर्दा युवतीलाई दिल्ली स्थित उनको सानीआमाले सञ्चालन गरेको यौन व्यवसायमा लगाउने उद्देश्यले भारत लान लागेको स्वीकार गरेको एसएसबीले जानकारी दिएको छ।
पछिल्लो समय रौतहट र बाराको विभिन्न गाउँबाट नेपाली चेलीलाई भारत पुर्याउने घटना बढिरहेकाले सीमाक्षेत्रमा कार्यरत नेपाली सुरक्षाकर्मीहरूले विशेष निगरानी गर्नुपर्ने एसाएसबीले सुझाव दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले घटनाको पुष्टि गरेका छन्। पक्राउ परेका आरोपी युवा र युवतीको घर बारा जिल्लामा भएकाले थप अनुसन्धान तथा कारबाहीको लागि दुवैजना लाई बारा प्रहरीको जिम्मा लगाइएको प्रवक्ता तथा डिएसपी रायले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: