Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

पाँच सय कमाउने आसमा ३२ किमी साइकलमा यात्रा

मुक्त कमैया बस्तीबाट ज्यालामजदुरी गर्न गुलरिया पुगेका स्थानीय ।
खबरडबली संवाददाता

बर्दिया । बारबर्दिया नगरपालिका–९, वनगाईका ५० वर्षीय चन्द्रबहादुर थारू दैनिक ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकलमा यात्रा गर्छन् । मुक्त कमैया बस्तीमा बसोबास गर्दै आउनुभएका उहाँको दैनिक कमाइ भने पाँच सय रुपियाँ मात्र हो । 

चन्द्रबहादुर मात्र होइन, उहाँका थुप्रै साथी ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकल चलाएर प्रत्येक दिन बिहान गुलरिया बजार पुग्छन् । मुक्त कमैयाका लागि सरकारले व्यवस्था गरेको जग्गामा उनीहरूको बसोबास छ । धेरै मुक्त कमैया आफ्नो गाउँमा रोजगारी नभएपछि साइकल चलाएरै रोजगारीको खोजीमा सदरमुकाम गुलरिया पुग्छन् । 

चन्द्रबहादुरले भने, “कामको खोजीमा गुलरियासम्म बिहानबेलुका ओहोरदोहोर गर्दा ३२ किलोमिटर साइकलबाटै यात्रा हुन्छ तर कुनै कुनै दिन त काम नपाइँदा रित्तै फर्किनु पर्छ ।” 

वर्षभरिमा केही दिन मात्र गाउँमै कृषिको काम पाइन्छ । वनगाईका अर्का मुक्त कमैया मङ्गतु थारूले कहिलेकाहीँ गुलरिया ढिला पुग्दा काम नपाइने बताए । उनीहरू गुलरियामा ज्यालामजदुरीको काम गर्न घरबाट बिहान ६ बजे नै निस्कन्छन् । घरबाटै खाना र खाजा बनाएर कार्यस्थलमा जानु उनीहरूको दैनिकी हो । 

मङ्गतुले भने, “खाना र खाजा पनि बोकेर जानु पर्छ, काम अनुसारको दाम पनि पाइँदैन । ३२ किलोमिटर साइकल कुदाउनु पर्दा थकाइ पनि त्यत्तिकै लाग्ने गर्छ ।” चन्द्रबहादुर र मङ्गतु जस्तै करिब ५० जना मुक्त कमैया दैनिक ज्यालादारीका लागि गुलरिया पुग्छन् । चन्द्रबहादुरले भने, “बिहान ८ बजे काम सुरु गरे पनि सकिँदा ५ बज्छ । अनि घर फर्किंदा राति हुन्छ । पाँच सय रुपियाँ कमाउन त्योभन्दा बढी मेहनत गर्नु पर्छ ।” वनगाईका अर्का मुक्त कमैया भरोसे थारूले कहिलेकाहीँ बाटोमा साइकल पन्चर हुँदा काम नै छुट्ने र त्यत्तिकै घर फर्किनु् परेको अनुभव सुनाए ।

करिब दुई दशकअघि सरकारले मुक्त कमैयालाई जग्गा उपलब्ध गराएको वनगाईस्थित मुक्त कमैया बस्ती पूर्वपश्चिम राजमार्गको किनारमा पर्छ । राजमार्गको उत्तरतर्फ वन क्षेत्र छ । त्यसैले पनि बस्तीको अभावमा रोजगारीसमेत छैन । मुक्त कमैया बस्तीमा अहिले पनि दुई सय परिवार बस्दै आएका छन् । उनीहरूको मुख्य आम्दानी भनेकै ज्यालामजदुरी नै हो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending