काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवम् सांसद डोलप्रसाद अर्यालले वर्षा याममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएको छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले वर्षासम्बन्धित जोखिमबारे पूर्वतयारी थाल्न सरकारलाई सुझाव दिएको हो ।
उनले वर्षा लाग्न बाँकी रहँदै बाढीले नागरिकलाई दु:ख दिन थालेको बताए। नागढुङ्गादेखि मुग्लिङसम्मको सडकको पुनर्निर्माण कछुवाको तालमा भइरहेको जानकारी उनले दिए ।
उनले यस पटकको वर्षायाममा नागरिकले धेरै दु:ख र कष्ट भोग्नुपर्ने मात्रै होइन सानादेखि ठुलासम्म दुर्घटना हुने धेरै सम्भावना देखिएकाले सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी रहेको बताए ।
‘‘वर्षायाम लाग्न बाँकी नै छ । बाढीले नागरिकलाई दु:ख दिन थालिसकेको छ । नवलपरासीमा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्धदेखि विपी राजमार्ग बाढीले अवरुद्ध भएका खबरहरु आएका छन् ।,’’ कार्यवाहक सभापति अर्यालले भने, ‘‘नागढुङ्गादेखि मुग्लिङसम्मको सडकको पुनर्निर्माण कछुवाको तालमा भइरहेको छ । यस पटकको वर्षायाममा नागरिकले धेरै दु:ख र कष्ट भोग्नुपर्ने मात्रै होइन सानादेखि ठुलासम्म दुर्घटना हुने धेरै सम्भावना देखिएकाले सम्बन्धित निकायले बेलैमा ठेकेदार र सम्बन्धित कम्पनीसँग छलफल गरियोस् ।’’
कार्यवाहक सभापति अर्यालले तीन चरणमा काम गराएर भए पनि वर्षा अगावै जोखिम कम गराउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १२:३७
महोत्तरी । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ९ अर्ब ९७ करोड रुपियाँ खर्च गरेकामा आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएयता १८ द...
आषाढ़ २१ गते, २०८३ - १२:०३
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु ४०० र चाँदीको मूल्य रु १...
आषाढ़ २१ गते, २०८३ - ११:५४
काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा आर्थिक हिनामिना गरेको आरोपमा प्रहरीले एक इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ...
आषाढ़ २१ गते, २०८३ - ११:३७
लहान । आँपको राजधानीका रूपमा परिचित लहानमा मालदह आँपको मूल्य पछिल्लो १० दिनमा दोब्बर भएको छ। मूल्य वृद्धि भए पनि यसको प्रत्यक्ष लाभ किसानभन्दा व्यापार...
आषाढ़ २१ गते, २०८३ - ११:३१
रुकुम पश्चिम। डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा लेदोसहितको बाढीमा परेर एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी क...
आषाढ़ २१ गते, २०८३ - ११:०४
काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पदभार सम्हालेको पहिलो १०० दिनमा मन्त्रालयले सम्पन्न गरेका ४२ प्रमुख काम सार्वजनिक गरेका ...
आषाढ़ २१ गते, २०८३ - १०:४५
सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सडकको पहुँच अझै सपना जस्तो छ । बिरामी पर्दा एम्बुलेन्सको साइरन होइन प्रहरीको कदमको आवाज नै यहाँको नागरि...
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...



प्रतिकृया लेख्नुहोस्: