काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको आफ्नो पहिलो लामो विदेश भ्रमणका क्रममा कतारबाट ४० करोड अमेरिकी डलर मूल्यको सुपर लग्जरी बोइङ ७४७–८ जम्बो जेट विमान उपहार स्वरूप प्राप्त गर्ने भएका छन्।
कतारको शाही परिवारले उपहारका रूपमा ट्रम्पलाई प्रदान गर्न लागेको हो। यो अमेरिकी सरकारले कुनै विदेशी सरकारबाट प्राप्त गरेको हालसम्मकै सबैभन्दा महँगो उपहार हुने अनुमान गरिएको छ।
ट्रम्प मंगलबार कतार पुग्ने कार्यक्रम छ। सोही अवसरमा यो उपहारको औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ। यो भ्रमण उनको दोस्रो कार्यकालको पहिलो लामो विदेश यात्रा हो। कतारसँगै उनी साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स पनि पुग्ने छन्।
यो विमानलाई एयर फोर्स वनको रूपमा अस्थायी प्रयोग गर्ने सम्भावनाबारे चर्चा चलेको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा यो उपहारलाई पारदर्शी रूपमा प्राप्त गर्न लागिएको र यसले ४० वर्ष पुरानो एयर फोर्स वनलाई विस्थापन गर्न सक्ने उल्लेख गरेका छन्।
तर डेमोक्रेट्सले यो विमानका लागि पैसा तिर्नुपर्ने जिद्दी गरेको आरोप पनि लगाएका छन्। यो उपहारलाई लिएर ट्रम्पमाथि नैतिक र कानुनी प्रश्नहरू उठेका छन्। कतिपयले ट्रम्पको मध्यपूर्वमा विशेषगरी कतारमा व्यापारिक हितसँग यो उपहारलाई जोडेर आलोचना गरेका छन्। यो उपहारको घोषणापछि ट्रम्पले सन् २०२९ मा आफ्नो कार्यकाल समाप्त नहुँदासम्म यो विमानलाई राष्ट्रपतिको विमानका रूपमा प्रयोग गर्न सक्ने बताइएको छ।
कतारले यो उपहारमार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुका साथै कूटनीतिक लाभ लिन खोजेको हुन सक्ने विश्लेषण पनि भइरहेको छ। अहिले सामाजिक सञ्जालमा पनि यो कुरा बहसको विषय बनेको छ। कतिपयले यसलाई कतारको कूटनीतिक चालको रूपमा हेरेका छन् । अर्कोतिर ट्रम्पको नैतिकतामाथि प्रश्न उठाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - १६:२९
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...
माघ १६ गते, २०८२ - १६:१२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...
माघ १६ गते, २०८२ - १५:४२
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...
माघ १६ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...
माघ १६ गते, २०८२ - १५:२४
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड ग...
माघ १६ गते, २०८२ - १३:३१
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएक...
माघ १६ गते, २०८२ - १३:१९
मुस्ताङ। भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र-१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी-मुक्तिनाथ सडकखण्ड अवरुद्ध...
माघ १६ गते, २०८२ - १३:१०
कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयु...
माघ १६ गते, २०८२ - १२:५८
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमबारे सम्झौता गर्नका लागि ‘समय घर्किँदै गएको’ भन्दै कडा चेतावनी दिएका...
माघ १६ गते, २०८२ - १२:३४
हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पूर्ण रूपमा पालन गर्ने प्रतिबद्धता...




प्रतिकृया लेख्नुहोस्: