काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको आफ्नो पहिलो लामो विदेश भ्रमणका क्रममा कतारबाट ४० करोड अमेरिकी डलर मूल्यको सुपर लग्जरी बोइङ ७४७–८ जम्बो जेट विमान उपहार स्वरूप प्राप्त गर्ने भएका छन्।
कतारको शाही परिवारले उपहारका रूपमा ट्रम्पलाई प्रदान गर्न लागेको हो। यो अमेरिकी सरकारले कुनै विदेशी सरकारबाट प्राप्त गरेको हालसम्मकै सबैभन्दा महँगो उपहार हुने अनुमान गरिएको छ।
ट्रम्प मंगलबार कतार पुग्ने कार्यक्रम छ। सोही अवसरमा यो उपहारको औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ। यो भ्रमण उनको दोस्रो कार्यकालको पहिलो लामो विदेश यात्रा हो। कतारसँगै उनी साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स पनि पुग्ने छन्।
यो विमानलाई एयर फोर्स वनको रूपमा अस्थायी प्रयोग गर्ने सम्भावनाबारे चर्चा चलेको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा यो उपहारलाई पारदर्शी रूपमा प्राप्त गर्न लागिएको र यसले ४० वर्ष पुरानो एयर फोर्स वनलाई विस्थापन गर्न सक्ने उल्लेख गरेका छन्।
तर डेमोक्रेट्सले यो विमानका लागि पैसा तिर्नुपर्ने जिद्दी गरेको आरोप पनि लगाएका छन्। यो उपहारलाई लिएर ट्रम्पमाथि नैतिक र कानुनी प्रश्नहरू उठेका छन्। कतिपयले ट्रम्पको मध्यपूर्वमा विशेषगरी कतारमा व्यापारिक हितसँग यो उपहारलाई जोडेर आलोचना गरेका छन्। यो उपहारको घोषणापछि ट्रम्पले सन् २०२९ मा आफ्नो कार्यकाल समाप्त नहुँदासम्म यो विमानलाई राष्ट्रपतिको विमानका रूपमा प्रयोग गर्न सक्ने बताइएको छ।
कतारले यो उपहारमार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुका साथै कूटनीतिक लाभ लिन खोजेको हुन सक्ने विश्लेषण पनि भइरहेको छ। अहिले सामाजिक सञ्जालमा पनि यो कुरा बहसको विषय बनेको छ। कतिपयले यसलाई कतारको कूटनीतिक चालको रूपमा हेरेका छन् । अर्कोतिर ट्रम्पको नैतिकतामाथि प्रश्न उठाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १२:३७
महोत्तरी । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ९ अर्ब ९७ करोड रुपियाँ खर्च गरेकामा आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएयता १८ द...
आषाढ़ २१ गते, २०८३ - १२:०३
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु ४०० र चाँदीको मूल्य रु १...
आषाढ़ २१ गते, २०८३ - ११:५४
काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा आर्थिक हिनामिना गरेको आरोपमा प्रहरीले एक इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ...
आषाढ़ २१ गते, २०८३ - ११:३७
लहान । आँपको राजधानीका रूपमा परिचित लहानमा मालदह आँपको मूल्य पछिल्लो १० दिनमा दोब्बर भएको छ। मूल्य वृद्धि भए पनि यसको प्रत्यक्ष लाभ किसानभन्दा व्यापार...
आषाढ़ २१ गते, २०८३ - ११:३१
रुकुम पश्चिम। डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा लेदोसहितको बाढीमा परेर एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी क...
आषाढ़ २१ गते, २०८३ - ११:०४
काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पदभार सम्हालेको पहिलो १०० दिनमा मन्त्रालयले सम्पन्न गरेका ४२ प्रमुख काम सार्वजनिक गरेका ...
आषाढ़ २१ गते, २०८३ - १०:४५
सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सडकको पहुँच अझै सपना जस्तो छ । बिरामी पर्दा एम्बुलेन्सको साइरन होइन प्रहरीको कदमको आवाज नै यहाँको नागरि...
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...



प्रतिकृया लेख्नुहोस्: