रौतहट। रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै एकजना मुस्लिम नवविवाहीता महिलाको संकास्पद मृत्यु भएको छ।
माईती पक्षले दाईजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाही हुनुपर्ने माग गरेका छन्।
कटहरिया ३ बड़ेरवा टोलमा घरभई हाल कटहरिया ५ बजार क्षेत्रमै घर भएका अहमद राय भाटको छोरा अरमान राय भाटको श्रीमती २१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको हो।
आईतवार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको प्रहरीले जनाएको छ।
घटनाको खबर लगतै ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो ।
मृतकको पोष्टमार्टम भएर शव सतगतको लागि मृतक सानियाका आमा भारतको बिहार पूर्वी चम्पारण जिल्ला सुगौली घर भएकी कायमा खातुनले बुझेर लागेको प्रहरीले जनाएको छ।
मृतककी आमा कायमा खातुनका अनुसार सानीयाको विवाह करिब ६ महिना अघिमात्र अरमान राय भाटसँग मुस्लिम परम्परा अनुसार भएको थियो।
विवाहपछि ज्वाईँ अरमानले निरन्तर दाइजोको लागी छोरी सानियालाई अनेक प्रकारके शारीरिक तथा मानसिक यातना दिँदै आएको थियो।
ज्वाईँ तथा उनको परिवारले दिनेगरेको यातना सहन गर्न नसकेकोले उनीहरूले योजनाबद्ध तरिकाले सानियाको हत्यागरी आत्महत्या देखाउन खोजेको कायमाले दाबी गरेकी छिन्।
घटनामा संलग्न अरमान सहित सबैलाई पक्राउ गरी कडा कानुनी कारवाही हुनुपर्छ सानियाको माईती पक्षले माग गरेको छ। माईती पक्षले छोरीको हत्या भएको भन्दै ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटना बिरुद्दको जाहेरी हालसम्म दर्ता नभएको तथा घटना शंकास्पद भएको संकेत दिएका छन्।
उनले घटनाको अनुसन्धान पछिमात्र यकिन साथ भन्नसक्ने अथवा कानुनी प्रक्रिया अगाडी बढाईने बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: