Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

प्रशाशकीय अधिकृत कुटने मेयरका सहयाेगी पक्राउ, मेयरसहित अर्का फरार

खबरडबली संवाददाता

 रौतहट  । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम  जयसवाल माथि कुटपिट गरेको घटनामा संलग्न सहयोगी पक्राउ परेका छन्। तर मेयर किशोरी साह कलवार र एकजना वडा सदस्य अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। 

मेयरका सहयोगी सनफी यादवलाई प्रहरीले  काठमाडौँ सिंहदरवार परिसरबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको हाे। सहयोगी यादव केही दिनअघि मेयर कलवारसँगै काठमाडौँ आएका थिए। प्रशासकीय अधिकृत जयसवालले मेयर कलवार, वडा ४ का सदस्य दीपेन्द्र गुप्ता र सहयोगी सनफि यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए।

कानुन विपरीतको रकम भुक्तानी गर्न अस्वीकार गरेपछि मेयरले प्रशासकिय अधिकृत जयसवाललाई घरमै बोलाई कुटपिट गरेका थिए। घटनामा संलग्न वडा सदस्य गुप्ता  फरार भएका छन्।  बाराका एसपी सन्तोष तामाङले मेयर माथि उजुरी परेको तर अहिलेसम्म  मुद्दाको प्रक्रियामा अगाडी नबढेको तथा  घटना बारे अनुसन्धान जारी रहेको बताएका छन्।

उक्त घटनाले स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारीमाथि गर्ने दबाब ,दमन, अत्याचार गर्दा पनि स्थानिय प्रशासन मुकदर्शक बन्ने गरेको प्रत्यक्ष रूपमा उदाहरण बनेको छ।  कानुन विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई कुटपिट गरेको  थियो। 

घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन्।कर्मचारीहरूले नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेका छन्।  नगरपालिका द्वारा प्रदान गरिने दैनिक काम लिएरजाने सेवाग्राहीहरु रित्तो हात फर्कन बाध्य भएका छन्।

यस वर्ष लागेको बिश्व प्रसिध्द पंचवर्षीय गढीमाई मेलामा अतिथी सेवा लगायत नगरको सरसफाई शिर्षकमा कार्यपालिका बोर्डको बैठकले १० लाख रुपैयाँ छुट्याएको थियो। तर मेला शीर्षकमा मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानी गर्न पटक पटक दवाब दिँदै आएका थिए।

त्यसैगरी बोर्डको बिना निर्णय वृक्षारोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहाँसिक समारोह शीर्षकमा १० लाख र बाटो सरसफाईमा १९ लाख रुपैयाँ भुक्तानी गर्न मेयर कलवारले दवाब दिँदै आएको प्रमुख प्रशासकिय अधिकृत हरिओम जैसवालले बताएका छन्।

गत १६ गते बिहान १० बजेदेखी मेयर कलवार र सिम्रौनगढ समारोह को अगुवा महिला ममता शर्मा पटक पटक फोन गरेर सरसल्लाह गर्न भनेर मेयरको निवासमा बोलाएका थिए।मेयरसँग छलफल गर्न उनको घरमा जाँदा ममता शर्माको १० लाख लगायत ७१ लाख रुपैयाँको भुक्तानी गर्न मेयर कलवारले पुनः दवाव दिएको थियो।

मेला शिर्षकमा मात्र १० लाख रुपैयाँ छुट्याईएको छ अरु कुनै शीर्षकको रकम छैन, बिना कानुनी प्रक्रिया पूरा गरी भुक्तानी कसरी दिने मैले जवाफ दिए पछी मेयर कलवार र उनका समर्थकले अन्धाधुन्ध कुटपिट गरेको अधिकृत जैसवालले बताएका छन्।

सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमु सेहरले मेयर किशोरी प्रसाद कलवारको नगरपालिका सञ्चालन गर्ने मनसायनै नरहेको आरोप लगाएकी छिन्।

मेयर कलवारले भ्रष्टाचार गर्न नगरका कर्मचारी लाई आफ्नो घरायसी नोकरको जस्तो व्यबहार गर्ने गरेको बताईन्। नगर कार्यपालिका बोर्डमा रहेका २१जना मध्ये २० जना आफूसँग भएपनी मेयर कलवार एक्लै आफ्नो निजी सम्पतिको जस्तो नगरको रकम लुट्न खोजेको उपमेयर सेहरले दाबी गरिन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending