Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

सगोलको सम्पत्ति झुक्क्याएर १३ वर्षअघि धितो राखेर १ करोड रुपैयाँ ऋण लिएपछि‍‍‍...

खबरडबली संवाददाता

राजविराज । आफू र कान्छो छोरा दुबैलाई झुक्क्याएर जेठो छोराले १३ वर्षअघि एक सहकारी संस्थाबाट एक करोड रुपैयाँ ऋण लिएको थाहा पाएपछि आमाले ‘न्याय’ का लागि सञ्चारकर्मीको साथ सहयोग खोजेकी छन् । 

राजविराजको विष्णुपुर गाउँपालिका–६ क्याम्पस रोड निवासी ६० वर्षीया शम्भुदेवी यादव र उनका २५ वर्षीय कान्छो छोरा सचिनले आफूहरूमाथि घात भएको भन्दै सहयोग गरिदिन आग्रह गरेका छन् । 

आमा शम्भुदेवीले जेठो छोरा शिवकुमार यादवले आईडियल सहकारी संस्था लिमिटेडसँग मिलेमतो गरी १ करोड रुपैयाँ ऋण निकालेको आरोप लगाएकी छन् ।

विष्णुपुर गाउँपालिका–६ क्याम्पस रोड जाने सडक किनारामा १ कट्ठा जग्गामा बनेको दुईतले घर सो सहकारी संस्थामा धितो राखी २०६९ सालमा १ करोड रुपैयाँ जेठो छोरा शिवले ऋणबापत निकालेको शम्भुदेवीले बताइन् । 

‘कान्छो छोरालाई कुनै जानकारी नै नदिई मलाई समेत झुक्क्याएर सादा कागज र चेकमा हस्ताक्षर गराएर जेठो छोरा शिवले सो सहकारी संस्थाबाट १ करोड रुपैयाँ निकालेको कुरा सहकारी संस्थाबाट लिलामी प्रक्रियाको चिठी आएपछि मात्र थाहा पाएँ,’ शम्भुदेवीले भनिन्, ‘जेठो छोरा र सहकारी संस्थाको मिलेमतोमा हामीसँग जालसाजी  र बेघर बनाउने काम भएको हो ।’

उनले सो सहकारी संस्थाले आफूहरू बसोबास गर्दै आएको एक मात्र घर र जग्गा लिलामी प्रक्रियामा लान थालेको भनी पत्र पठाएपछि शोकमा परेका श्रीमान् कुसुम लालको शोकमै केही दिनअघि निधन भएको गहभरि आँसु पोख्दै सुनाइन् । उनले यस प्रकरणमा जेठो छोरा शिव र ऋण दिने सहकारी संस्था दुवै दोषी भएको दाबी गरिन् । 

उनका कान्छा छोरा सचिनले आफूलाई कुनै जानकारी नै नदिई दाजु शिवले आमा बुबालाई समेत झुक्क्याएर विभिन्न कागजात र चेकमा हस्ताक्षर गराई सहकारीबाट ऋण निकालेको दाबी गर्दै न्यायका लागि अदालतसम्म पुगेको बताए । 

आफ्नो समेत अंश लाग्ने जग्गा सहकारीमा धितो राख्दाका बखत आफू अध्ययनको सिलसिलामा विराटनगरमा रहेको भन्दै सचिनले सोबारे दाजु शिवले फोनसम्म नगरेको बताए । 

‘मेरोसमेत अंश लाग्ने जग्गामा मेरो कुनै सहमति र हस्ताक्षरसम्म नलिएर सहकारीले कसरी यत्रो ठूलो रकम ऋण दियो रु’ सचिनले आक्रोश पोखे । 

उनले सो सहकारीबाट आमा शम्भुदेवीका नाममा १ करोड रुपैयाँ ऋण निकासा भएको र सोही दिन ९० लाख रुपैयाँ दाजु शिवको खातामा ट्रान्सफर भएको देखिएको जानकारीसमेत गराए । 

यता, सो सहकारी संस्थाका अध्यक्ष गणेशकुमार आसले भने समस्या पर्दा ऋण लिन आएका व्यक्तिले अहिले बोली फेर्दै संस्थालाई बदनाम गर्न खोजेको आरोप लगाएका छन् । उनले ऋणीहरूलाई कतै पनि नझुक्क्याएको र लिखित कागजातमा हस्ताक्षर गराइएको दाबी गर्दै तोकिएको समयमा सावाँ र ब्याज नबुझाउँदा संस्थाको निर्णयअनुसार लिलामी प्रक्रियाको प्रारम्भिक कार्य अघि बढाइएको बताए । 

‘सावाँ र ब्याजका लागि पटक पटक लिखित र मौखिक जानकारी गराउँदा पनि ऋणीबाट बेवास्ता गरिएकाले पछिल्लोपटक लिलामी प्रक्रियाका लागि पत्राचार गरिएको हो,’ सहकारी संस्थाका अध्यक्ष आसले भने, ‘तर, मान्छे र हुलाकमार्फत चिठी पठाउँदा पनि बुझ्न नमानेपछि बाध्य भई लिलामी प्रक्रियाका गतिविधि अगाडि बढाइएको हो ।’ 

उनले सहकारीको ऋण समयमै नतिरे ऋणीका कान्छो छोरा सचिनको अंश छुट्याई बाँकी बचेको जग्गा लिलामीबाट संस्थाले आफ्नो लगानी असुल गर्ने व्यवस्था रहेको स्पष्ट पारे । 

‘१५ दिनको सार्वजनिक सूचनामार्फत ताकेता गरेका छौँ,’ अध्यक्ष आसले भने, ‘त्यसपछि पनि बेवास्ता गरिए लिलामी प्रक्रियामा जान्छौँ, प्रक्रिया पुर्‍याएर ऋण दिएका थियौँ, प्रक्रिया पुर्‍याएरै असुली हुन्छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending