Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

मेलम्ची र हेलम्बु क्षेत्रको पुनर्निर्माण गरिनेछ: ऊर्जामन्त्री खड्का

खबरडबली संवाददाता

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माणमा सरकार लागिपर्ने बताएको छन् । मेलम्ची र हेलम्बु क्षेत्रको आज स्थलगत अनुगमन गर्दै उनले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारले काम गर्ने बताएको हो ।

मन्त्री खड्काले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गर्नुभयो । “बाढीपछिको हेलम्बु र मेलम्चीको पुनर्निर्माणका लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडि बढौँ,” उनले भने । पहाडी क्षेत्रका उर्वरभूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका–भीमटारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने मन्त्री खड्काले बताए । पहाड़ी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिँचाइ व्यवस्थापन महत्त्वपूर्ण भएको उनले बताए । 

विसं २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो धनजनको क्षति पुर्‍याएको थियो । उक्त क्षेत्रको मन्त्री खड्काका साथै राज्यमन्त्री खमबहादुर गर्बुजा, सांसद मोहन बस्नेत, सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालगायतको टोलीले सोमबार स्थलगत निरीक्षण गरेको हो । मन्त्री खड्कालाई स्थानीयले पुनर्निर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङको खानेपानीको ७७ मुहानमा भेटियो कोलिफर्म जीवाणु

बागलुङ। जिल्लाको ७७ खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । चालु आर्थिक वर्षमा खानेपानीका मुहानबाट संकलन गरिएका तीनसय ६९ नुमना ज...

तीन डीआईजीसहित नेपाल प्रहरीका १०४ जना पुरस्कृत

काठमाडौं । नेपाल प्रहरीका तीन जना नायव महानिरीक्षक (डीआईजी)सहित १०४ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यस...

असार लागेपछि मधेश प्रदेशको खर्चमा तीव्र वृद्धि : १८ दिनमै ३ अर्ब ३२ करोड रुपियाँ खर्च

महोत्तरी । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ९ अर्ब ९७ करोड रुपियाँ खर्च गरेकामा आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएयता १८ द...

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो, कतिमा भइरहेको कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु ४०० र चाँदीको मूल्य रु १...

सशस्त्र प्रहरीको कीर्तिपुर स्कुलमा आर्थिक हिनामिना आरोप, इन्स्पेक्टरसहित दुई पक्राउ

काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा आर्थिक हिनामिना गरेको आरोपमा प्रहरीले एक इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ...

मालदह आँपको मूल्य दोब्बर, किसानभन्दा व्यापारी बढी लाभान्वित

लहान । आँपको राजधानीका रूपमा परिचित लहानमा मालदह आँपको मूल्य पछिल्लो १० दिनमा दोब्बर भएको छ। मूल्य वृद्धि भए पनि यसको प्रत्यक्ष लाभ किसानभन्दा व्यापार...

डोल्पामा लेदोसहितको बाढी गाउँ पस्दा एकको मृत्यु, ६ जना घाइते

रुकुम पश्चिम। डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा लेदोसहितको बाढीमा परेर एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी क...

१०० दिनमा शिक्षा मन्त्रालयका ४२ उपलब्धि, नतिजा प्रकाशनदेखि विश्वविद्यालय सुधारसम्मका निर्णय

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पदभार सम्हालेको पहिलो १०० दिनमा मन्त्रालयले सम्पन्न गरेका ४२ प्रमुख काम सार्वजनिक गरेका ...

उत्तरी गोरखामा प्रहरी नै एम्बुलेन्स

सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सडकको पहुँच अझै सपना जस्तो छ । बिरामी पर्दा एम्बुलेन्सको साइरन होइन प्रहरीको कदमको आवाज नै यहाँको नागरि...

पार्टी जोगाउन अनेक कोसिस गर्दा पनि बचाउन सकिएन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending