काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी हिरासतमा रहेका देशभक्त–राष्ट्रवादी बन्दीहरूको कानूनी प्रक्रियामा राप्रपाले सघाउने निर्णय गरेका हुन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत तीनकुने घटनामा पक्राउ परेका सबैको कानूनी प्रक्रियामा लाग्ने आर्थिक दायित्वसमेत राप्रपाले व्यहोर्नेछ ।
अध्यक्ष लिङदेनले यसका लागि आवश्यक तयारी गर्न राप्रपा सम्बद्ध कानून व्यवसायी संगठन र अधिवक्ताहरूलाई आग्रह समेत गरेका छन् । राप्रपाले गरेको यो जिम्मेवारीबोधको राजावादी नेताहरूले प्रशंसा गरेका छन् ।
गत १५ चैतमा भएको राजावादी आन्दोलनको आयोजक राप्रपा थिएन । दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानले यो कार्यक्रमका आयोजना गरेको हो, जसको अपनत्व संयुक्त जनआन्दोलन समितिले समेत लिएको थिए । राप्रपा अध्यक्ष लिङदेन उक्त आन्दोलनमा सहभागी थिएनन् ।
मुख्य आयोजक दुर्गा प्रसाईँ पनि प्रहरी हिरासतमा छन् । राप्रपाले सबैको जिम्मेवारी वहन गर्ने निर्णय गर्दा दुर्गा पनि त्यसभित्र पर्छन् वा पर्दैनन् भन्ने चाहिँ अस्पष्टता देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: