काठमाडौं। आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
हिजो शनिवार कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको सचिवालय बैठकले दलीय गणतन्त्रको भण्डाफोर गर्दै जनताको जन गणतन्त्र स्थापना गर्न देशव्यापी कमाण्ड तोकेको छ ।
वर्तमान गणतन्त्र जनताको लागि नभई दलका नेता र तिनका आसेपासे झोलेहरुको लागि रहेको टिप्पनि गर्दै पार्टीले गणतन्त्र दिवसको सन्दर्भ पारेर ‘दलीय गणतन्त्रको भण्डाफोर गरौं, जन गणतन्त्रको दिशामा अघि बढौं’ भन्ने मुल नाराका साथ दलाल दलतन्त्र विरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्न लागेको आजपाका प्रवक्ता चन्द्र भुषण साहले आज जारी गरेको प्रेस विज्ञाप्तिमा उल्लेख छ ।
भण्डाफोर अभियान सञ्चालनका लागि संघीय राजधानी काठमाडौंमा प्रभु साह, कोशी प्रदेशमा तिलक थापा मगर, मधेश प्रदेशमा चन्द्रभुषण साह, लुम्बिनी प्रदेशमा त्रिभुवन साह, गण्डकी प्रदेशमा ज्ञानेन्द्र कुमार तामाङ् र सुदुरपश्चिम प्रदेशमा समिना हुसैनको नेतृत्वमा कमाण्ड तोकिएको छ ।
‘पार्टीको केही महत्वपूर्ण विभागहरुलाई थप व्यवस्थित एवं फलदायी बनाउन संगठन विभाग प्रमुखमा त्रिभुवन साह, आर्थिक विभाग प्रमुखमा रञ्जु साह र शिक्षक विभागमा रविन्द्र प्रसाद सिंहलाई जिम्मेवारी तोकिएको छ,’ आजपाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
बैठकले आन्दोलन र पार्टी संगठनलाई जनस्तरमा पुर्याउन संगठन निर्माण र सदस्यता वितरण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ भने कार्य सम्पादन मूल्यांकनको आधारमा लुम्बिनि प्रदेशबाट डा। उषमान अलि, शम्भु जयसवाल, क। भगत र विद्या शर्मालाई पार्टीको सचिवालय सदस्यमा मनोनित समेत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: