Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरणको नयाँ कोशे ढुङ्गा तय

खबरडबली संवाददाता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् ।

नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो । बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले नेपाल लाइफले २५ औं वर्ष प्रवेश गर्दै गर्दा सर्वाधिक विश्वासिलो र करिव ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको बताएका छन् । नेपाल लाइफले प्रत्येक परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बीमाको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ भन्दै उनले उच्च प्रतिफल प्रदान गर्न तथा बजारका चुनौतीहरूलाई न्यूनिकरण गर्न कम्पनीले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको बताए ।

“लगानी विविधिकरण हाम्रो मूल उद्देश्य हो, यही उद्देश्यका साथ हामीले सहायक कम्पनी स्थापना गरेका हौं,” उनले स्पष्ट पारे । संघईले नियामक निकायका नियमहरूअनुसार अगाडि बढ्दै कम्पनीले स्थापना गरेको नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले उदाहरणीय कम्पनीको रूपमा आफूलाई स्थापित गर्न सक्ने विश्वास व्यक्त गरे। साथै, संस्थागत सुशासन कायम राख्दै उच्चतम प्रतिफल प्रदान गर्न सकिनेमा पनि उनले आशा व्यक्त गरे ।

नेपाल लाइफ इन्स्योरेन्सले लगानीको विविधिकरण गर्दै सुरु गरेको नयाँ प्रयासप्रति नेपाल बीमा प्राधिकरणले प्रशंसा व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले उक्त प्रयासलाई बीमा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि एक महत्वपूर्ण कदम भएको बताएका छन् । कार्यक्रममा सम्बोधन गर्दै सुवेदीले जनताको बचत र सम्पत्तिबाट संकलित बीमा कोषको सही संरक्षण र सदुपयोग बीमा कम्पनीहरूको गम्भीर जिम्मेवारी भएको उल्लेख गरे । उनले भने, “मिहिनेत, पसिना बगाएर वा व्यापार व्यवसायमार्फत कमाइएको जनताको पैसा अन्ततः बीमा कोषमा जम्मा हुन्छ । त्यसैले यो केवल आम्दानी होइन, जिम्मेवारी पनि हो ।” 

उनले एकै ठाउँमा पूँजी केन्द्रित गर्दा जोखिम बढ्ने भएकाले लगानीको विविधिकरण अपरिहार्य भएको बताए । “एउटै ‘बास्केट’मा सबै पैसा राख्दा जोखिम बढ्छ । विभिन्न ‘बास्केट’ मार्फत जोखिम न्यूनीकरण गर्नु नै विविधिकरण हो, जुन नेपाल लाइफले आज आत्मसात् गरेको छ,” सुवेदीले उल्लेख गरे । नेपाल लाइफद्वारा स्थापना गरिएको लगानी कम्पनीमार्फत ५ अर्ब रुपैयाँको अतिरिक्त लगानी जिम्मेवारी उठाउनु सकारात्मक भए पनि चुनौतीपूर्ण रहेको भन्दै उनले भने, “यो रकम स्थिर राख्न मिल्दैन, यसलाई वृद्धि गर्नुपर्छ । यसको लागि उत्कृष्ट उपकरण, नवीनतम प्रविधि र रणनीति आवश्यक पर्छ ।”

“मार्केट लिडर बन्न सजिलो छैन, तर तपाईंहरूको हरेक कदम अरूका लागि उदाहरण बन्न सक्छ । तपाईंहरूले सुरु गर्नुभएको यो नवीन प्रयासको म उच्च प्रशंसा गर्छु,” सुवेदीले भने ।
कम्पनीका सञ्चालक समितिका सदस्य कमलेश कुमार अग्रवालले नेपाल लाइफ इन्स्योरेन्स विगत २५ वर्षको अवधिमा देशकै उत्कृष्ट बीमा कम्पनीको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै, लगानीकर्तादेखि बीमित र कर्मचारीसम्म सबैको योगदानले कम्पनीलाई यो स्थानमा पु¥याएको बताए ।

उनका अनुसार नेपाल लाइफले हालसम्म २ खर्ब २५ अर्ब रुपैयाँको जीवन बीमा कोष निर्माण गरिसकेको छ । कम्पनीसँग हाल १७ लाखभन्दा बढी बीमित र १ लाख ८६ हजार लगानीकर्ता रहेका छन्। कम्पनीले आगामी पाँच वर्षभित्र जीवन बीमा कोष ५ खर्ब रुपैयाँ पु¥याउने लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्न र बीमित तथा लगानीकर्तालाई अझ उत्कृष्ट प्रतिफल दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गर्नु अपरिहार्य रहेको अग्रवालले बताए । 

उनले भने, “बीमा अब केवल सुरक्षा मात्रै नभई लगानीको प्रतिफल दिने माध्यम पनि बनेको छ । बीमितलाई दीर्घकालीन उच्च प्रतिफल दिने लक्ष्यसहित हामीले यो कम्पनी खोल्न लागेको हौं।“नेपाल लाइफको मुख्य उद्देश्य बीमा सेवा प्रदान गर्नु हो भने, उच्च प्रतिफल सुनिश्चित गर्न विशेषज्ञ र विशिष्टीकृत संस्था आवश्यक भएको अग्रवालको भनाइ छ । नयाँ लगानी कम्पनीमार्फत कम्पनीले रियल इस्टेट, कृषि, पर्यटन, होटल, केवलकार, नविकरणीय ऊर्जा, जलविद्युत्, सौर्य ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न सक्नेछ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो साढे दुई दशकको यात्रा पार गर्दै बीमा बजारमा मार्केट लिडरको रुपमा स्थापित भइसकेपछि, अब संस्थागत रुपमा लगानी विविधिकरणलाई थप गति दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले प्रष्ट पारेका छन् । पराजुलीका अनुसार यो कदम नेपाल लाइफको संरचनात्मक डिपार्चर हो, जसले कम्पनीको कोर भ्यालु बढाउने दिशामा महत्वपूर्ण टेवा पु¥याउनेछ ।

“बीमा ऐनले लगानी विविधिकरणलाई नीतिगत रुपमा स्पष्ट पारेपछि हामीले पनि त्यसै अनुसार लगानीको दायरा फराकिलो बनाउँदै लगिरहेका छौं । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको स्थापनाले यो नीतिलाई मूर्तरुप दिन यस्तो कार्यको सुरुवात गरेको हो,” पराजुलीले भने । उनका अनुसार लगानी एक पटकमा हुने प्रक्रिया होइन, जहाँ जोखिम पनि सँगै आउँछ । त्यसैले लगानीको राम्रो व्यवस्थापन, नियमित अनुगमन र सटिक निर्णयको लागि छुट्टै दक्ष जनशक्ति र विशेषज्ञ टिम आवश्यक हुने देखिएपछि कम्पनीले छुट्टै संस्था स्थापना गरेको हो । नेपाल लाइफले हेटौंडा र इटहरीमा भवन निर्माणका लागि आवश्यक जग्गा खरिद भइसकेको र विराटनगरमा पनि प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए। यस आर्थिक वर्षभित्र कम्तीमा ६ स्थानमा जग्गा खरिदको योजना रहेको उनले बताए।

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास थापाले कम्पनीको प्राथमिक उद्देश्य नेपाल लाइफको लगानीलाई सुरक्षित गर्दै उच्च प्रतिफल प्रदान गर्नु रहेको बताए। “हामी आन्तरिक र बाह्य मूल्याङ्कनका आधारमा विवेकशील ढंगले प्रन्सीपलको प्रोटेक्सनलाई प्राथमिकता राखी राम्रो भ्यालू क्रिएसन गर्नेछौं,” उनले भने । 

नायव प्रमुख कार्यकारी अधिकृत तथा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष अमित कुमार कयालले संसारका विकसित मुलुकहरूमा जस्तै नेपालमा पनि छुट्टै लगानी कम्पनी स्थापना गरेर बीमा कोषको व्यवस्थापन गर्ने संस्कृति सुरु भएको बताए। “ग्राहककै हितलाई केन्द्रमा राखेर लगानीको कार्य अघि बढाउनेछौं। योजना, कार्यान्वयन र नियमन जस्ता तीन पक्ष सम्हाल्दै हामी विश्वसनीयता कायम राख्नेछौं,” कयालले स्पष्ट पारे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्र उकास्ने दौडमा प्रधानमन्त्री बालेन, उद्योगी–व्यवसायीसँग शृङ्खलाबद्ध छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पछिल्ला दुई सातायता निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीक...

बागमती किनार फेरिँदै : हटाइएका बस्तीमा अब पार्क, हरियाली र पदमार्ग

काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई अब खुला सार्वजनिक स्थलका रूपमा विकास गरिने भएको छ। सरकारले ती स्थानमा हरित क्...

नाबालिकाको डिम्ब कारोबार प्रकरण : एक महिला पक्राउ, चिकित्सकमाथि पनि अनुसन्धान

काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्दै मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ। घटन...

‘काठमाडौं र सत्ता केन्द्रित हुँदा जनता र संगठनबाट टाढियौं, यही हाम्रो ठूलो कमजोरी भयाेः प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभापछि कम्युनिस्ट आन्दोलन सत्ताकेन्द्रित बन्दा जनतासँगको सम्बन्ध कमजोर भए...

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

विदेशबाट फर्केका युवालाई कृषिमा टिकाउने गण्डकीको नयाँ योजना, ऋणको ब्याज सरकारले तिर्दै

‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी

बाजुरामा मध्यराति बस्तीमा बाढी पस्यो, १३ परिवारको उद्धार

तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध

धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु

धादिङ    । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...

विश्वकपसँगै बढ्यो ‘अनलाइन बेटिङ’, सरकारले बन्द गर्‍यो २ लाखभन्दा बढी एप र वेबसाइट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...

जन्मदिन मनाउन आठ दिनदेखि निस्किएका १७ वर्षीय किशोरकाे खोजी जारी, अर्कोतर्फ ८० वर्षीया वृद्धा पनि सम्पर्कविहीन

बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending