सुर्खेत । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले कर्णाली प्रदेशस्तरीय सम्मेलन सुर्खेतमा गर्ने भएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै वाईसीएल कर्णाली प्रदेश संयोजक शोभाराम भण्डारीले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
सम्मेलन वैशाख २९ र ३० गते वीरेन्द्रनगरमा हुनेछ। उनका अनुसार सम्मेलनमा कर्णालीका १० वटै जिल्लाका ७१८ वडाबाट प्रतिनिधिहरू आउनेछन् । आयोजक समितिसहित गरी ८१७ जना प्रतिनिधि सहभागी हुनेछन्।
सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दिउँसो १२ बजे वीरेन्द्रनगरको पिपल चौतारामा गर्ने कार्यक्रम छ । यो सम्मेलनबाट वाईसीएल कर्णालीको नयाँ नेतृत्व चयन गरिनेछ। साथै आगामी नीति, कार्यक्रमहरू तय हुने र राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छानिने भण्डारीले बताए।
वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७, १८ र १९ गते हुने भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - २०:३२
काठमाडौं। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमानाका ७२ घण्टाअगावै बन्द गरिने भएको छ। मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र...
माघ २४ गते, २०८२ - २०:३०
ललितपुर । उच्च अदालत पाटनले प्रकाशक लिपि बुक्स प्रालिलाई बीपी कोइरालाका चार पुस्तकहरू तत्काल बिक्री गर्न नपाउने अल्पकालीन आदेश दिएको छ। न्यायाधीश ख...
माघ २४ गते, २०८२ - २०:२०
भक्तपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर–२ बाट उम्मेदवारी दिने मुख्य उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र स्वच्छ खानेपान...
माघ २४ गते, २०८२ - २०:०९
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन हुने स्वास्थ्य कार्यक्रमका लागि सरकारले समयमै भुक्तानी नगर...
माघ २४ गते, २०८२ - २०:०३
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा भएको झगडापछि कुटपिट हुँदा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। ...
माघ २४ गते, २०८२ - २०:०१
मकवानपुर । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मकवानपुरको बकैया गाउँपालिका–७ भिरकोट क्षेत्रमा चुनावी माहोल तातेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा...
माघ २४ गते, २०८२ - १९:५७
हेटौडा । मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी अभियानलाई तीव्र बनाएको छ। हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ६, ...
माघ २४ गते, २०८२ - १९:४६
बझाङ । बिहीबार राति बैतडीको पुर्चौँडी नगरपालिका–७ बडगाउँको मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको घटनापछि बझाङमा सडक अवरुद्ध गरिएको ...
माघ २४ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा ‘नयाँ’ को नाममा फैलाइएको हल्लाको खण्डन...
माघ २४ गते, २०८२ - १९:३८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले हालसम्म २५ वटा घटकलाई पार्टीमा एकताबद्ध गराइसकेको बताएका छन्...



प्रतिकृया लेख्नुहोस्: