Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

मेयरलाई विद्यार्थीको प्रश्न- हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

खबरडबली संवाददाता

सर्लाही । हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म बेहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छन् । उनीहरूले स्थानीय सरकारलाई आफ्नै पालिकामा पठनपाठनको वातावरण बनाउन माग गरेका छन् ।

हरिवनमा बिहीबार आयोजना गरिएको ‘बालबालिकासँग मेयर कार्यक्रम’ मा नगरमा शैक्षिक अवस्था खराब भएको गुनासो गर्दै विद्यार्थीहरूले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आग्रह गरेका हुन् । हरिपुर्वा नगरपालिका–७ डुमरियाका अविनाश भण्डारीले गाउँमै रहेको विद्यालयमा पठनपाठन हुन छाडेपछि छिमेकी पालिका ईश्वरपुर जाने गरेको बताए। 

उनले नगरप्रमुख विनोदकुमार साहसँग कहिलेसम्म छिमेकी पालिकाको स्कुल जानू भन्दै गुनासो गरे । भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत छन् । हरिपुर्वा नगरपालिका–४ स्थित गाउँमा रहेको श्री जनता आधारभूत विद्यालयमा नियमित पठनपाठन नहुने, शिक्षक नियमित नआउने, आए पनि कक्षामा नजाने समस्या रहेको उनको भनाइ थियो । 

“विद्यालय विद्यालयजस्तो छैन”, छात्र भण्डारीले भने, “विद्यालय नै तर्साउने घरजस्तो भएको छ । हामी कसरी उत्साहित भएर पढ्नु रु”, स्थानीय जनप्रतिनिधिले समेत बेवास्ता गरेको उनको गुनासो छ । लामो बाटो छिचोलेर आफूसँगै गाउँका धेरै बालबालिका अहिले दैनिक ईश्वरपुर नगरपालिका–१५ श्री जनता मावि गोनाहाका पढ्न जाने गरेको उनको भनाइ छ । 

गाउँमा विद्यालय नियमित नचलेका कारण बालबालिका स्कुल नियमित जाँदैनन् । यसले गर्दा कुलतमा लाग्ने, बीचैमा पढाइ छाडेर हिँड्नेजस्तो समस्या बढ्दै गएको छ । यसले गर्दा बालबालिकाको पठनपाठन पूरा हुँदैन । धेरै बालबालिका अहिले पनि पूर्ण रूपमा कुलतमा लागेको भन्दै उनले चिन्ता व्यक्त गरे। विद्यालय नियमित गरिदिन र आवश्यकताअनुसार शिक्षक र भौतिक संरचनाको प्रबन्ध गरिदिन भण्डारीले नगरप्रमुख साहसँग माग गरे ।

हरिपुर्वा नगरपालिका–६, श्री केश्वर गरिब जनता नमूना माविमा अध्ययनरत छात्रा निलमकुमारी साहको गुनासो पनि उस्तै छ । विद्यालय पठनपाठनमा नभई भद्रगोलमा नमूना भएको उनको गुनासो छ । शिक्षा नीतिमा तराईका जिल्लामा एउटा कक्षा कोठामा धेरैमा ४० जना विद्यार्थी राख्न सकिने व्यवस्था छ । तर यस विद्यालयमा एउटै कक्षामा एक सय ५० जनासम्म विद्यार्थी राख्ने गरेको उनले दु:खेसो पोखिन् । 

यसरी सञ्चालन गरेको कक्षामा पढ्ने माहोल नभएको अर्का छात्रा रीता महतोले बताइन्। “विद्यालयमा कक्षाकोठा पर्याप्त नहुँदा एउटै कक्षामा धेरै विद्यार्थी हुन्छन्, अगाडि बसेर शिक्षकले पढाएको पछाडि बस्ने विद्यार्थीले सुन्दैनन्”, उनले भनिन्, “हामीले बारम्बार विद्यालय तथा बाल क्लबको सहायता माग राख्दा सुनवाइ भएन ।” साह यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् ।

नगरका अधिकांश विद्यालयको हालत उस्तै रहेको सहभागी बालबालिकाको भनाइ थियो । छात्रछात्रा नभएको विद्यालयमा भौतिक संरचना पर्याप्त हुने तर आवश्यक परेका स्थानका बालबालिकाले सुविधा नपाउने अवस्था भोगिरहेको साहले बताइन् । स्थानीय सरकारको दोस्रो कार्यकालको तीन वर्ष सकिन लाग्दा पनि स्कुल वर्षात्मा तलाउ बन्ने र हिउँदमा धुलो उडेर बस्न नसक्ने अवस्था रहेको उनको भनाइ थियो ।

अर्कातर्फ विद्यालयमा बेलाबेलामा हुने विवादका कारण सम्पूर्ण पठनपाठन नै  अवरुद्ध हुने गरेको छ । यस्तो अवस्थामा सबै विद्यार्थी प्रभावित बनिरहेका सहभागी छात्र राजु रामले बताए । गत शैक्षिकसत्रमा पनि विद्यार्थी र विद्यालय प्रशासनबीच विवाद भएको थियो । सोही विवादले निकै समय विद्यालय बन्द रह्यो । परीक्षाको केही दिनअघि मात्र पनि एक हप्ता पठनपाठन रोकियो । यसले परीक्षाको समयमा धेरै समस्या भएको उनको अनुभव छ ।

हरिपूर्वा नगरपालिका–१ निवासी सिम्कनु खातुनले किशोर किशोरीमा क्यान्सरजस्तै गरी फैलिरहेको लागूपदार्थ दुर्व्यसनी नियन्त्रण गरिदिन आग्रह गरिन् । विपन्न परिवारका किशोरकिशोरी परिवारका सदस्यलाई समेत दुःख दिएर यस्ता गतिविधिमा संलग्न हुने क्रम दिनप्रतिदिन बढ्दो रहेको उनको अनुभव छ । यस्ता गतिविधि रोक्न स्थानीय सरकार उदासीन भएको उनको आरोप छ ।  

कार्यक्रममा नगरप्रमुख साहले छात्रछात्राको प्रश्न तथा जिज्ञासा सुनिसकेपछि उनले पनि आफ्ना गुनासो सुनाए । निर्वाचित भएको दुई वर्षसम्म प्रशासकीय अधिकृत खोज्न सिंहदरवार धाउँदैमा व्यस्त भएको उनको भनाइ छ । 

“बाँकी समयमा आफ्नो एजेण्डाअनुसार शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु,” नगर प्रमुख साहले भने, “ लागुऔषध, बालविवाहलगायत अवाञ्छित गतिविधिमा संलग्न जोकोहीलाई कारबाहीका लागि पहल गरिरहेका छौँ ।” 

प्रशासनले तुरुन्त कारबाही प्रक्रिया अगाडि नबढाउने र गाउँ समाजले समेत परिवेश र संरचनालाई दोष दिएर उम्किने गरेको उनको भनाइ छ । पालिका तथा वडावडामा बालमैत्री पुस्तकालय, कम्प्युटरसहितका कक्षा सञ्चालन गर्न बालबालिकाको आग्रह थियो । नगरको शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिलगायतका योजना प्राथमिकताका साथ सुरु गर्नुपर्ने सहभागी छात्रछात्राले माग छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव

गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...

मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...

रवि लामिछाने र बालेन शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हा...

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झ...

कस्तो होला रास्वपा सरकारको विदेश नीति ?

काठमाडौं । चुनावमा सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल...

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर स्तरमा, विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा

काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स ...

तेल संकटका कारण पाकिस्तानमा विद्यालय बन्द, पेट्रोलको मूल्य एकैपटक ५५ रुपैयाँले बढ्यो

काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आ...

मध्यपूर्व संकटका कारण देखिएको इन्धनको सम्भाव्य मूल्यवृद्धिसँग जुझ्ने सरकारको योजना कस्तो छ ?

काठमाडौं । सरकारले मध्यपूर्वमा झन्डै डेढ सातादेखि जारी तनावका कारण नेपालमा मूल्यवृद्धि हुन सक्ने भन्दै खाना पकाउने ग्यासलगायतको कालोबजारी रोक्न अनुगमन...

कम्युनिस्ट सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे ...

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE