Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामी मधेशमा

खबरडबली संवाददाता

काठमाडौँ। नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यस्तो जानकारी गराएको हो । उनका अनुसार मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमश: रोगको उच्च भार रहेको छ । सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा देखिएका छन् ।

‘‘कुष्ठरोग निवारणका लागि रोगको प्रकोप दर एकभन्दा कम हुनुपर्छ । यानकी प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम व्यक्ति रोगी रहेको अवस्था हुनुपर्दछ । आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्कलाई विश्लेषण गर्दा कुष्ठरोगको प्रकोपदर राष्ट्रिय तहमा एकभन्दा कम यानकी ०.९२ प्रतिशत रहेको छ ।,’’ उनले भने, ‘‘तर जिल्ला तहको प्रकोप दर हेर्दा ७७ जिल्लामध्ये १८ जिल्लामा एकभन्दा माथि, ४८ जिल्लामा एकभन्दा कम, ११ जिल्लामा कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला परेका छैनन् । मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमश: रोगको उच्च भार रहेको छ । सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा देखिएका छन् । यो कुल केसको एक तिहाई भन्दा बढी हो । दोस्रो सबैभन्दा बढी केसहरू लुम्बिनी प्रदेशमा छन् । जहाँ कुल केसको एक चौथाइभन्दा बढी रोगीहरू रहेका छन् ।’’

मधेश प्रदेशमा कुल केसको एक तिहाईभन्दा बढी रहेका छन् । दोस्रो सबैभन्दा बढी केसहरू लुम्बिनी प्रदेशमा रहेका छन् । जहाँ कुल केसको एक चौथाईभन्दा बढी रोगीहरू रहेको सचिव डा। देवकोटाले बताए।

आर्थिक वर्ष २०८०र०८१ को अन्त्यसम्म नयाँ फेला परेका दुई हजार चार सय ७२ कुष्ठरोगीहरूमध्ये महिलाको सङ्ख्या एक हजार ४२ रहेको बताए। १४ वर्ष मुनिका नयाँ बिरामीको सङ्ख्या एक सय ३६ रहेको उनको भनाइ छ ।

सचिव देवकोटाले पहिचान रहेका सबै कुष्ठरोगका बिरामीहरू उपचाररत रहेको बताए। उनका अनुसार कुष्ठरोग निवारणका लागि रोगको प्रकोप दर एकभन्दा कम हुनुपर्छ । प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम व्यक्ति रोगी रहेको अवस्था हुनुपर्छ ।

आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्कलाई विश्लेषण गर्दा कुष्ठरोगको प्रकोपदर राष्ट्रिय तहमा एकभन्दा कम (०/९२ प्रतिशत) रहेको छ । तर जिल्ला तहको प्रकोप दर हेर्दा ७७ जिल्लामध्ये १८ जिल्लामा एकभन्दा माथि, ४८ जिल्लामा एकभन्दा कम, ११ जिल्लामा कुष्ठरोगका कुनैपनि नयाँ बिरामी फेला परेका छैनन् । मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमश: रोगको उच्च भार रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै सर्वोच्च पुगे दीपक भट्ट

काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...

बजेट कार्यान्वयनका कानुनी जटिलता तत्काल फुकाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...

१०४ ग्राम खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...

गुल्मीमा एक अर्बभन्दा बढी बजेट खर्च भएन

गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...

शैक्षिक परामर्श व्यवसायमा २५ लाख धरौटीको व्यवस्था फिर्ता हुँदैन: शिक्षामन्त्री पोखरेल

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...

हामी सत्ता र सरकारमै केन्द्रित हुँदा रणनीति कमजोर भयो: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...

आइतबारको बिदा कायम रहने, शिक्षकले कम्तीमा तीन वर्ष एउटै विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...

दोगलापनको दोकान

दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...

काठमाडौंमा अपराधमा संलग्न १ हजार ८७१ जनाको प्रहरी प्रोफाइल तयार

काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending