Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा–छोरीको मृत्यु

खबरडबली संवाददाता

चन्द्रपुर । रौतहटमा सवारी दुर्घटना हुँदा बुबा–छोरीको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका वडा नं। ४ पश्चिम लच्का नजिकै आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

हेटौँडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६  नं।को कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नं।को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुबा छोरीको मृत्यु भएको भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले जनाएको छ ।

दुर्घटनामा परि रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं। ३ मलाही टोल बस्ने ६०  वर्षीय मोटरसाइकल चालक बलिराम सहनी तथा मोटरसाइकलमा पछाडि सवार उहाँको ४० वर्षीया छोरी उर्मिला देवी सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राइले जानकारी दिए। 

बलिरामको चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा सेन्टर तथा उर्मिलाको एल एस न्यूरो हस्पिटल परवानीपुर, बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन तथा कार चालक मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नं। १२ बस्ने कुमार पोखरेल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरी नायब उपरीक्षक राइले जानकारी दिएको छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुक्रबार स्थगित भएको छ। समितिको बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूची तय गर...

सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही गरिने

काठमाडौं । सरकारले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका तर बिदा अवधि समाप्त भएपछि कार्यालयमा नियमित रूपमा हाजिर नभएका र लामो समयदेखि कार्यालयको सम्पर्...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ ।  केन्द्रले दैनिक १० वटा कार्यालयमा छड्के अनुगमन गर्ने गर...

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीबाट ज...

कांग्रेस बाराका सभापति राजेश यादव निलम्बित

ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्ट...

‘राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दे' भन्दै माइतीघरमा नेकपाको विरोध प्रदर्शन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौंको माइतीघर मण...

कामपाद्वारा शिक्षण अस्पताललाई एक करोड ७० करोड बराबरको डिजिटल उपकरण हस्तान्तरण

काठमाडौँ। महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्ता...

भारतको अस्पतालमा आगलागी हुँदा पाँचको मृत्यु, २० जना घाइते

नयाँदिल्ली। भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अध...

जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक हो: मन्त्री वादी

ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक...

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending