लमजुङ। मनाङमा यार्सागुम्बा जडिबुटी खोज्ने क्रममा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । मनाङको नार्पाभूमी गाउँपालिका–२ नाम्जेर्खमा यार्सागुम्बा खोज्न गएका धादिङको गंगाजमुना गाउँपालिकाका–१ का ३२ वर्षीय आकाश तामाङको भीरबाट लडेर मृत्यु भएको हो ।
शुक्रबार भीरबाट लडेर मृत्यु भएका तामाङको अहिलेसम्म शव निकाल्न नसकिएको मनाङ प्रहरीले जानकारी दिएको छ । चामेबाट कम्तिमा १० घण्टाको पैदल धुरीमा घटनास्थल रहेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए।
शव निकाल्नका लागि नेपाली सेना, नेपाल प्रहरी र सशत्र प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ गएको छ । संयुक्त टोली हुलाकी ओडार पुगेको सहायक प्रजिअ अर्यालले जानकारी दिए। त्यहाँबाट थप पाँच घण्टा हिँडेपछि घटनास्थल पुग्न सकिने उनले बताए। घटनास्थल पुग्नका लागि बाटो एकदमै गाह्रो भएकाले सुरक्षाकर्मी टोली डोरीमा झण्डिएर यात्रा गरिरहेको सहायक प्रजिअ अर्यालले बताए।
मनाङका लेक तथा खर्कहरुमा वैशाख दोस्रो हस्ताबाट यार्सागुम्बा सङ्कलन सुरु भएको थियो । यार्साको समय असार अन्त्यसम्मै रहने गर्छ । समय मिलाएर साइत हेरेर मनाङका विभिन्न ठाउँमा यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइन्छ ।
यस सिजनको पहिलो यार्सागुम्बा सङ्कलनका लागि नासोँ गाउँपालिकाको नाम्ग्या लेकबाट सुरु गरिएको थियो । विगतका वर्षहरूमा भएका घटनाबाट पाठ सिक्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले मनाङले जनाएको थियो ।
यार्सा सङ्कलनका क्रममा चोरीडकैति तथा झैझगडा नहोस भनेर सुरक्षा चनाखो गरिएपछि भवितव्य रोक्न नसकिने प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए। उनले सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै अप्रिय घटना हुनबाट सजगता अपनाइरहिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - ११:०८
जुम्ला। बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचार...
फाल्गुन २९ गते, २०८२ - १०:५९
म्याग्दी। फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका डा। महावीर पुनले चुनावी खर्...
फाल्गुन २९ गते, २०८२ - १०:३३
नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका...
फाल्गुन २९ गते, २०८२ - १०:२५
हिले । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निलम्बन गरेको छ । पार्टी गतिविधि विपरीत काम गरेको आरोप लगाउँदै मङ्गलबार सम्पन्...
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...


प्रतिकृया लेख्नुहोस्: