लमजुङ। मनाङमा यार्सागुम्बा जडिबुटी खोज्ने क्रममा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । मनाङको नार्पाभूमी गाउँपालिका–२ नाम्जेर्खमा यार्सागुम्बा खोज्न गएका धादिङको गंगाजमुना गाउँपालिकाका–१ का ३२ वर्षीय आकाश तामाङको भीरबाट लडेर मृत्यु भएको हो ।
शुक्रबार भीरबाट लडेर मृत्यु भएका तामाङको अहिलेसम्म शव निकाल्न नसकिएको मनाङ प्रहरीले जानकारी दिएको छ । चामेबाट कम्तिमा १० घण्टाको पैदल धुरीमा घटनास्थल रहेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए।
शव निकाल्नका लागि नेपाली सेना, नेपाल प्रहरी र सशत्र प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ गएको छ । संयुक्त टोली हुलाकी ओडार पुगेको सहायक प्रजिअ अर्यालले जानकारी दिए। त्यहाँबाट थप पाँच घण्टा हिँडेपछि घटनास्थल पुग्न सकिने उनले बताए। घटनास्थल पुग्नका लागि बाटो एकदमै गाह्रो भएकाले सुरक्षाकर्मी टोली डोरीमा झण्डिएर यात्रा गरिरहेको सहायक प्रजिअ अर्यालले बताए।
मनाङका लेक तथा खर्कहरुमा वैशाख दोस्रो हस्ताबाट यार्सागुम्बा सङ्कलन सुरु भएको थियो । यार्साको समय असार अन्त्यसम्मै रहने गर्छ । समय मिलाएर साइत हेरेर मनाङका विभिन्न ठाउँमा यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइन्छ ।
यस सिजनको पहिलो यार्सागुम्बा सङ्कलनका लागि नासोँ गाउँपालिकाको नाम्ग्या लेकबाट सुरु गरिएको थियो । विगतका वर्षहरूमा भएका घटनाबाट पाठ सिक्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले मनाङले जनाएको थियो ।
यार्सा सङ्कलनका क्रममा चोरीडकैति तथा झैझगडा नहोस भनेर सुरक्षा चनाखो गरिएपछि भवितव्य रोक्न नसकिने प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए। उनले सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै अप्रिय घटना हुनबाट सजगता अपनाइरहिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: