काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अगाडि बढाएको छ । आज (शुक्रबार) प्राधिकरणको श्वेतपत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऋण लिन प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् ।
उनले भने, ‘हामीसँग क्यास ब्यालेन्स छैन रहेछ । १० अर्ब रुपैयाँ ऋणका लागि सरकारसँग स्वीकृति लिन पत्र पठाइसकेका छौं । यसका लागि प्रक्रिया अगाडी बढिसकेको छ ।’ कार्यकारी निर्देशक शाक्यका अनुसार अनुसार चालु आर्थिक वर्षको फाल्गुन मसान्तसम्म भएको ठेक्कापट्टा अन्तर्गत भुक्तानी हुन बाँकी बिलहरूको परिमाण ११ अर्ब ६१ करोड रहेको छ । जुन भुक्तानी दिन सकिएको छैन ।
हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रकममध्ये डलर ने.रू. मुद्दती खातामा ३ अर्ब ६८ करोड र धरौटी खातामा ३ अर्ब ९५ करोड रहेको छ । २ अर्ब ४७ करोड चालू खातामा रहेको छ । जुन दैनिक सञ्चालनको लागि न्यूनतम जगेडा हो । यसका लागि बाँकी भुक्तानीको जगेडा नरहेको हुँदा १० अर्बसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिएका छन् ।
विद्युत् प्राधिकरणको सम्पत्ति ६ खर्ब ४४ अर्ब
नेपाल विद्युत प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार सार्वजनिक गरेको श्वेतपत्रमा उक्त कुरा उल्लेख छ। प्राधिकरणको वित्तीय अवस्था जानकारी दिँदै कार्यकारी निर्देशक शाक्यले ०८०/०८१ असार मसान्तसम्मको सम्पत्ति ६ खर्ब ४४ अर्ब पुगेको बताएका हुन् ।
यस्तै प्राधिकरणबाट २ खर्ब २० अर्ब बराबरका आयोजना निर्माणाधीन रहेको पनि उनले बताए। ‘निर्माण सकिएपछि सम्पत्तिमा परिणत हुनेछन् । छिटो परियोजना यथाशिघ्र सम्पन्न गरि प्रतिफल लिनुपर्नेछ,’ शाक्यले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - १८:३०
काठमाडौँ। हिमाल, साहसिक पर्यटन र उद्धारको नाममा गरिएको ठगीको गम्भीर काण्डमा नेपाल प्रहरीले ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...
माघ १२ गते, २०८२ - १७:४२
काठमाडाैं । घर–घरमा फैलिएका तार, पोल र केबल बिना पनि बिजुली पुग्न सक्छ — यो कुरा अहिलेसम्म कल्पनाजस्तै लाग्थ्यो। तर फिनल्याण्डका वैज्ञानिकहरूको पछिल्ल...
माघ १२ गते, २०८२ - १७:३७
जनकपुरधाम। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा उच्च मतदान दर देखिएको छ। कुल ३६४ मतदाता रहेको मधेश प्रदेशमा ३४१ मत खसेको छ, जसअनुसार मतदा...
माघ १२ गते, २०८२ - १७:३५
काठमाडौँ। वनजंगल जोगाउने कि मान्छेलाई जोखिममा राख्ने ? यही प्रश्नको बीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले वनछेउका बस्ती स्थानान्तरण...
माघ १२ गते, २०८२ - १७:३२
काठमाडौँ। दुई वर्षदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन नक्कली भुटानी शरणार्थी प्रकरण अन्तिम सुनुवाइको चरणमा प्रवेश गर्ने तयारीमा देखिएको छ। यसका लाग...
माघ १२ गते, २०८२ - १७:२७
काठमाडाैं । सामाजिक सञ्जालका लागि भिडियो निर्माण गर्ने बहानामा हतियारजस्ता वस्तु प्रदर्शन गर्दै सार्वजनिक स्थानमा मोटरसाइकलमा हिँडिरहेका दुई व्यक्तिल...
माघ १२ गते, २०८२ - १७:२३
काठमाडाैं । राष्ट्रिय सभालाई प्रायः ‘अनुभवी’ वा ‘अवकाशप्राप्त’ नेताहरूको थलो मानिँदै आएको छ। तर कोशी प्रदेशबाट निर्वाचित भएका तीन नयाँ सदस्यले यो बुझा...
माघ ११ गते, २०८२ - २०:२६
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...
माघ ११ गते, २०८२ - २०:१५
विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...
माघ ११ गते, २०८२ - २०:१३
मकवानपुर । मकवानपुरगढी–५, कालिवन। कालिवन खानेपानी संस्था मकवानपुरगढी–५ को चौथो साधारण सभाले नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ। सभाले पुन: दिनेश ...




प्रतिकृया लेख्नुहोस्: