Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

०६४ भन्दा राम्रो नतिजा आएको सपना देखेपछि अभियानमा दौडिएको हुँः प्रचण्ड

खबरडबली संवाददाता

रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दुई कार्यकालपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानअन्तर्गत बर्दियाको राजापुरमा गरिएको सभामा उनले जनताका अधिकार स्थापित गर्न पनि आफू ५–७ वर्ष अर्थात दुई कार्यकाल पार्टी नेतृत्वमा बस्न जरुरी देखिएको बताएका हुन्  ।

‘अझै ५–७ वर्ष म मर्न हुन्न, त्यसपछि त जिम्मेवारीको नेतृत्व लिन मान्छे तयारी अवस्थामा साथीहरू हुनुहुन्छ नै, जनताको अधिकार स्थापित गर्न, हामीले थालेका केही अभियान टुंगाउन र छिन्नभिन्न माओवादी घटक जुटाउन मेरो काम बाँकी छ’,प्रचण्डले भने ।

पछिल्लो चरणमा पार्टीमा आएको सकारात्मक सन्देशले आफूलाई ऊर्जा आएको उनले बताए ।  ‘दुई वर्ष मेहनत गरियो भने ०६४ भन्दा राम्रो नतिजा आउने सपना देखेको छु, त्यसैका आधारमा म मैदानमा आएको छ, तर अब सबै माओवादी मिल्न जरुरी छ । विगतमा भएका कमजोरी सबै छाडेर तपाईहरुसँग माफी माग्न आएका हौं’, दाहालले भने ।

जागरण अभियानमा आफूले यो बीचमा गरेका गल्ती स्वीकार गर्दै प्रचण्डले ती कमजोरीको उपचार गर्न जनतासमक्ष आएको दोहोर्‍याए ।

‘हामीलाई अलिकति रोग लागेकै हो, हाम्रो उद्देश्यबाट विचलित भएकै हौं, उपचारका लागि जनतासँग आएका छौं, यसको उपचार अन्त गएर पाइदैन, झापाबाट बर्दिया आउँदासम्म धेरै रोग ठीक भइसकेको छ । अब कन्चरपुरसम्मको हुलाकी सडक र पहाडी बाटोबाट इलाम पुगेपछि सबै ठीक हुनेछ ’ उनले भने ।

संघ र प्रदेशमा सरकारमा नभए पनि स्थानीय सरकारबाट जनताका माग पूरा गरेको उनको जिकिर छ । प्रचण्डले भने, ‘संघमा सरकार छैन, प्रदेशमा छैन, स्थानीयमा १२३ सरकार हाम्रो नेतृत्वमा छन्, यसैलाई आधार मानेर जाने हो । हाम्रो नेतृत्वको स्थानीय सरकार छन् ती सबै ठाउँ देशभरमा उत्कृष्ट छन्, यसैबाट देखिन्छ हाम्रो काम गर्ने तरिका ।’

प्रचण्डले आउने निर्वाचनमा कांग्रेस–एमालेको बैशाखी नटेक्ने तर माओवादी घटकहरूलाई मिलाएर बताए । ‘अब कसैको बैशाखी टेकेर जाने होइन, देशभरमा माओवादीले जितेका पालिकाहरूको नतिजा राम्रो देखिएका उदाहरण प्रशस्त छन् । हामीले अलिकति मेहनत गरियो भने सबै नेतृत्व गरेका ठाउँलाई १ नम्बर बनाउन सकिन्छ भन्ने आधार देखिएका छन् । उपनिर्वाचनको नतिजाले एक्लै भिड्ने प्रष्ट संकेत आयो, लुम्बिनीमा कांग्रेस एमाले मिलेर लडेपनि हामीले जितेर देखायौं, स्ववियू निर्वाचनमा तरक्की नै भयो, विद्यार्थी तहमा आएको यो उत्साहले हामीलाई उत्साह थपेको छ, माओवादीविरुद्ध ठूला पार्टीको गठबन्धन हुँदा राम्रो नतिजा आयो ।’

उनले बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने कुरा आफू र माओवादीले कहिल्यै नगरेको तर गतल प्रचार गरिएको बताए ।  ‘गलत प्रचार भएको रहेछ । बाँके बर्दिया हाम्रो कारणले अन्त जाँदैन, यो हामीले होइन जनताले गर्ने फैसला हो भनेको हुँ गलत अर्थ लगाइएको रहेछ, तपाईँको मतभन्दा बाहिर म र मेरो पार्टी जाँदैन’ उनले भने ।

यो सँगै माओवादीको जागरण अभियान लुम्बिनी प्रदेशमा सकिएको छ । लुम्बिनीमा तीन पटक गरी उनले अभियान सकेका छन् । प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी ६ जिल्लामा हुलाकी राजमार्ग रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुनको महाविनाश: असममा बाढीले ४१ जनाको ज्यान लियो, ९ लाखभन्दा बढी प्रभावित

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...

माइकको आडमा बढ्दो दादागिरीमाथि प्रश्नः ‘पत्रकार’को परिचय कि धम्कीको हतियार ?

काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...

रोकिएन डिम्ब तस्करी : पुरानो विवाद सेलाउन नपाउँदै नयाँ प्रकरण सार्वजनिक

ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...

राधिकाविरुद्ध अभियान चलाएकी वेदिकाले ‘प्रमाण छ’ भनिन् तर देखाउन सकिनन्

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...

विद्यालयको क्यान्टिनमा ग्यास लिक भएर आगलागी, एलकेजीका चार बालिका घाइते

तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending