Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

०६४ भन्दा राम्रो नतिजा आएको सपना देखेपछि अभियानमा दौडिएको हुँः प्रचण्ड

खबरडबली संवाददाता

रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दुई कार्यकालपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानअन्तर्गत बर्दियाको राजापुरमा गरिएको सभामा उनले जनताका अधिकार स्थापित गर्न पनि आफू ५–७ वर्ष अर्थात दुई कार्यकाल पार्टी नेतृत्वमा बस्न जरुरी देखिएको बताएका हुन्  ।

‘अझै ५–७ वर्ष म मर्न हुन्न, त्यसपछि त जिम्मेवारीको नेतृत्व लिन मान्छे तयारी अवस्थामा साथीहरू हुनुहुन्छ नै, जनताको अधिकार स्थापित गर्न, हामीले थालेका केही अभियान टुंगाउन र छिन्नभिन्न माओवादी घटक जुटाउन मेरो काम बाँकी छ’,प्रचण्डले भने ।

पछिल्लो चरणमा पार्टीमा आएको सकारात्मक सन्देशले आफूलाई ऊर्जा आएको उनले बताए ।  ‘दुई वर्ष मेहनत गरियो भने ०६४ भन्दा राम्रो नतिजा आउने सपना देखेको छु, त्यसैका आधारमा म मैदानमा आएको छ, तर अब सबै माओवादी मिल्न जरुरी छ । विगतमा भएका कमजोरी सबै छाडेर तपाईहरुसँग माफी माग्न आएका हौं’, दाहालले भने ।

जागरण अभियानमा आफूले यो बीचमा गरेका गल्ती स्वीकार गर्दै प्रचण्डले ती कमजोरीको उपचार गर्न जनतासमक्ष आएको दोहोर्‍याए ।

‘हामीलाई अलिकति रोग लागेकै हो, हाम्रो उद्देश्यबाट विचलित भएकै हौं, उपचारका लागि जनतासँग आएका छौं, यसको उपचार अन्त गएर पाइदैन, झापाबाट बर्दिया आउँदासम्म धेरै रोग ठीक भइसकेको छ । अब कन्चरपुरसम्मको हुलाकी सडक र पहाडी बाटोबाट इलाम पुगेपछि सबै ठीक हुनेछ ’ उनले भने ।

संघ र प्रदेशमा सरकारमा नभए पनि स्थानीय सरकारबाट जनताका माग पूरा गरेको उनको जिकिर छ । प्रचण्डले भने, ‘संघमा सरकार छैन, प्रदेशमा छैन, स्थानीयमा १२३ सरकार हाम्रो नेतृत्वमा छन्, यसैलाई आधार मानेर जाने हो । हाम्रो नेतृत्वको स्थानीय सरकार छन् ती सबै ठाउँ देशभरमा उत्कृष्ट छन्, यसैबाट देखिन्छ हाम्रो काम गर्ने तरिका ।’

प्रचण्डले आउने निर्वाचनमा कांग्रेस–एमालेको बैशाखी नटेक्ने तर माओवादी घटकहरूलाई मिलाएर बताए । ‘अब कसैको बैशाखी टेकेर जाने होइन, देशभरमा माओवादीले जितेका पालिकाहरूको नतिजा राम्रो देखिएका उदाहरण प्रशस्त छन् । हामीले अलिकति मेहनत गरियो भने सबै नेतृत्व गरेका ठाउँलाई १ नम्बर बनाउन सकिन्छ भन्ने आधार देखिएका छन् । उपनिर्वाचनको नतिजाले एक्लै भिड्ने प्रष्ट संकेत आयो, लुम्बिनीमा कांग्रेस एमाले मिलेर लडेपनि हामीले जितेर देखायौं, स्ववियू निर्वाचनमा तरक्की नै भयो, विद्यार्थी तहमा आएको यो उत्साहले हामीलाई उत्साह थपेको छ, माओवादीविरुद्ध ठूला पार्टीको गठबन्धन हुँदा राम्रो नतिजा आयो ।’

उनले बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने कुरा आफू र माओवादीले कहिल्यै नगरेको तर गतल प्रचार गरिएको बताए ।  ‘गलत प्रचार भएको रहेछ । बाँके बर्दिया हाम्रो कारणले अन्त जाँदैन, यो हामीले होइन जनताले गर्ने फैसला हो भनेको हुँ गलत अर्थ लगाइएको रहेछ, तपाईँको मतभन्दा बाहिर म र मेरो पार्टी जाँदैन’ उनले भने ।

यो सँगै माओवादीको जागरण अभियान लुम्बिनी प्रदेशमा सकिएको छ । लुम्बिनीमा तीन पटक गरी उनले अभियान सकेका छन् । प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी ६ जिल्लामा हुलाकी राजमार्ग रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगदेशमा नेकपाको सम्पर्क कार्यालय, दीपशिखा र भीष्मद्वारा उद्घाटन

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...

विकसित पर्वतका लागि मनहरि तिमिल्सिनाको २३ बुँदे रोडम्याप सार्वजनिक

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...

ओली सरकारले युवालाई गोली ठोक्दा वाम आन्दोलनकाे बदनाम भयो: खतिवडा

काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...

९ सिटबाट जनयुद्ध, २२९ सिटमा सरकार, फेरि ‘एक्लै मैदान’मा गएकाे नेकपाकाे इतिहास दोहोरिन्छ कि मोडिन्छ ?

काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...

ठुटे सिङ लिएर सिंगौरी खेल्न आउनेहरूबाट देश बन्दैनः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...

पानीको मुहान काठमाडौँ–३, तर जितको तिर्खा कसले मेट्ला ?

काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...

शनिबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...

बास्कोटाको व्यंग्यः चुनावी दाबी सुन्दा सबैले जितिसके, एकल सरकार पनि बनिसक्यो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...

कति छ आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE