काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चालू आर्थिक वर्षको बजेटको विरोध गरेर मुलुकको अर्थतन्त्र सुधार भयो भन्नु उचित कुरा नभएको बताएका छन्।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको प्रधानमन्त्री र अर्थमन्त्रीले विरोध गर्ने गरेको भन्दै त्यहि बजेटका आधारमा भएको आर्थिक प्रगतिको स्वामित्व लिने कुरा उचित नभएको बताएका हुन्।
उनले प्रधानमन्त्री र अर्थमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा इमान्दारिता नदेखाएको तर्क गरे। पुनले आफू अर्थमन्त्री हुँदा ल्याएको बजेटले नयाँ चरणको आर्थिक सुधारलाई केन्द्रमा राखेका कारण लक्ष्य अनुसारको आर्थिक वृद्धिदर नजिक पुगेको तर्क गरे।
सरकारले इमान्दारीपूर्वक त्यसलाई कार्यान्वयन गरेको भए मुलुकको आर्थिक वृद्धिदर निकै राम्रो हुने उनको भनाइ छ। पुनले सरकारले बिचौलियाको स्वार्थ पुरा हुने बाटोमा मुलुकको अर्थतन्त्रलाई हिडाएको आरोप लगाए। उनले बजेट ठीक भएन भन्ने अर्थमन्त्रीको अभिव्यक्ति पनि ठीक नभएको उल्लेख गरे।
अघिल्लो सरकारले ल्याएको बजेटलाई परिमार्जन गर्ने आँट पनि नगर्ने र सरकारमा बसेर बजेटको विरोध गर्नु राजनीतिक नैतिकता नभएकाले नैतिक रुपमा अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - २२:३४
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...
श्रावण ७ गते, २०८३ - २२:२७
काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...
श्रावण ७ गते, २०८३ - २२:०४
ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...
श्रावण ७ गते, २०८३ - २१:५४
काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...
श्रावण ७ गते, २०८३ - २१:५३
तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...



प्रतिकृया लेख्नुहोस्: