काठमाडौं । आन्तरिक रेमिटेन्सका नाममा अवैध कारोबार गरेको आरोपमा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले झण्डै १८ अर्ब रूपैयाँ (१७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रूपैयाँ) अवैध कारोबार गरेको अधिकारीहरूले बताएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध वित्तीय कारोवारमा संलग्न ११ जिल्लाका कारोबारीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।
उनीहरू विदेशबाट हुने रेमिट्यान्स आप्रवाहमा अवरोध गरी नेपालमा अवैध कारोबार (भन्सार, चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेको जनाइएको छ ।
ती व्यक्ति तथा समूहले गैरकानूनी कारोबारबाट प्राप्त गरेको रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रा.लि.) कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरुमा जम्मा गर्नको ‘मनी म्युल’ हरुलाई परिचालन गरेको पाइएको छ ।
विभिन्न रेमिट्यान्स भुक्तानी गर्न अनुमति लिएका मनी ट्रान्सफरहरूले उक्त डिजिटल वालेट कम्पनीहरूमार्फत ‘ई मनि’ बनाई सो रकमलाई रेमिट्यान्स बापत भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरुका नेपालमा रहेका आफन्तहरुको खातामा ट्रान्सफर गरी रेमिट्यान्स बापतको रकम हिसाब मिलान गरेको देखिएको छ ।
उनीहरूले नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशन विपरितको कार्य गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुर उपर अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ ।
हेर्नुस् पक्राउ परेका व्यक्ति, एजेन्टरकम्पनीको नाम र अहिलेसम्मको अवैध कारोबारी रकम


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - ०९:२०
काठमाडौँ । दल र उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त रहँदा प्रधानमन्त्रीका दावेदारबीच सार्वजनिक बहस आवश्यक छ कि छैन भन्ने बहस भने सामाजिक सञ्जालमा चर्क...
माघ १३ गते, २०८२ - ०९:१३
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा...
माघ १३ गते, २०८२ - ०९:११
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ...
माघ १३ गते, २०८२ - ०९:१०
कांग्रेसलाई एमालेको साथ, नजानिँदो चुनावी गठबन्धन खुलासा
माघ १३ गते, २०८२ - ०८:५५
घुस नखाने, बिचौलियाबाट मुक्त र नैतिकतामा आधारित पार्टीको आवश्यकता छः
माघ १३ गते, २०८२ - ०८:४७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिन्धुलीमा बागी उम्मेदवारलाई साथ दिएको आरोपमा कारबाहीमा परेका ...
माघ १३ गते, २०८२ - ०८:४३
काठमाडौँ। अमेरिकामा आएको भीषण हिमआँधीले आधुनिक पूर्वाधारमाथि गम्भीर परीक्षा लिएको छ। आइतबारदेखि देशका २० वटा राज्य र राजधानी वासिङ्टन डीसी आपत्कालको अ...
माघ १३ गते, २०८२ - ०८:४०
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागमा ...
माघ १२ गते, २०८२ - २०:२७
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीनजना घाइते भएका छन् । चैनपुरबाट ...
माघ १२ गते, २०८२ - १८:३०
काठमाडौँ। हिमाल, साहसिक पर्यटन र उद्धारको नाममा गरिएको ठगीको गम्भीर काण्डमा नेपाल प्रहरीले ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...




प्रतिकृया लेख्नुहोस्: