काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०ू का सम्बन्धमा ूनिजामती सेवामा शाखा अधिकृत हित संरक्षण अभियानू ले बिभिन्न बुँदामा आफ्नो असहमती भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । निजामती सेवामा शाखा अधिकृत हित संरक्षण अभियानले विभिन्न विषयहरुमा गम्भिर ध्यानाकर्षण गर्दै बुँदागत रुपमा माग प्रस्तुत गरेको हो ।
अभियानले प्रस्तावित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा उप सचिव र सह सचिव प्रतियोगितामा सहभागी हुन पाउने सेवा अवधि सीमित व्यक्तिको दबाबमा आधारहीन र बिना तथ्य ५ वर्षबाट ७ वर्ष बनाउने गरी गरिएको व्यवस्थाले प्रतिस्पर्धालाई सिमित गर्न र सिमित समूहलाई मात्र लाभ पुग्ने गरी गरिएको व्यवस्था प्रति यस अभियान गम्भिर आपत्ति प्रकट गर्दै साविक कै ५ वर्षे व्यवस्था कायम गर्न जोडदार माग गरेको छ ।
गसैगरी निजामती सेवामा उर्जावान युवा जनशक्तिलाई रोक्ने र नेपालको संविधानले परिकल्पना गरेको समावेशी प्रतिनिधित्वको प्रतिकुल हुनेगरी विगतमा रहेको सह–सचिव पदमा १० प्रतिशत खुला प्रतियोगितात्मक परीक्षा प्रणालीद्वारा पदपूर्ति हुने व्यवस्था बन्द गर्नेगरी विचाराधीन सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा प्रस्ताव गरिएको प्रति पनि आपत्ति प्रकट गर्दै साविकको प्रावधान यथावत राख्न माग गरेको छ ।
अभियानले नेपालको वर्तमान सहकारीतामुलक संघीय व्यवस्था अनुरुप तीनै तहका सरकारका बीचमा सहकारीता, सहअस्तित्व र समन्वय कायम गर्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय निजामती सेवाकै कर्मचारी हुनुपर्ने व्यवस्था नयाँ ऐनमा समावेश गर्न माग गरेको छ ।
संघीय संसद्मा विचाराधीन सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा उल्लिखित मागहरु पुरा गर्नको लागि नेपाल सरकारका सम्पूर्ण अधिकृत स्तरका कर्मचारीहरुलाई यस अभियानमा आवद्ध हुन समेत अपिल गरीएको छ ।
निजामती सेवा अन्तर्गतका राष्ट्रियस्तरका ट्रेड युनियनहरुले यस अभियानले अघि सारेका उल्लिखित विषयहरुमा जोडदारसाथ माग नउठाएमा ट्रेड युनियनमा आवद्ध यस अभियानका सम्पूर्ण साथिहरु ट्रेड युनियनबाट बाहिरिने पनि अभियानले चेतावनी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: