मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट अवैध लागूऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। त्रिभुवन राजपथअन्तर्गत हेटौंडा १ चौकी टोलबाट अटोमा ल्याइरहेको खैरो हिरोइनसहित तीन जना पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार हेटौंडा बजारतर्फ आउँदै गरेको ना १ ह १५२८ नम्बरको अटो चेकजाँच गर्ने क्रममा ७ सय ग्राम ३९० मिलिग्राम खैरो हिरोइन फेला परेको हो।
उनले अटोमा आएका हेटौंडा ११ का २७ वर्षीय सुमन गुरुङ र हेटौंडा १ का २० वर्षीय बुद्धिमान थिङलाई शङ्काको आधारमा जाँच गर्दा उनीहरूको साथबाट प्रहरीले ५ सय मिलिग्राम खैरो हिरोइन फेला परेको जानकारी दिए।
पक्राउ परेका गुरुङ र थिङलाई सोधपुछ गर्दा लागूऔषध हेटौंडा १ लालझाडीका ३२ वर्षीय सुरेश तामाङसँग ल्याएको बताएपछि प्रहरीले तामाङको घरमा छापा मार्दा थप ६ ग्राम ८९० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रवक्ता अर्यालले बताए। तामाङले खाल्डो खनेर लुकाएको अवस्थामा ६ ग्राम ८९० मिलिग्राम खैरो हिरोइन फेला परेको उनको भनाई छ।
लागूऔषधसहित पक्राउ परेका तीन जनालाई जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता अर्यालले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - २२:३४
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...
श्रावण ७ गते, २०८३ - २२:२७
काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...
श्रावण ७ गते, २०८३ - २२:०४
ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...
श्रावण ७ गते, २०८३ - २१:५४
काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...
श्रावण ७ गते, २०८३ - २१:५३
तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...



प्रतिकृया लेख्नुहोस्: