रौतहट । टिकटक बनाउने बहानामा बोलाएर रौतहटमा एक जना बालकको गोली हानी हत्या गरेको पाइएको छ । १४ वर्षीय बालकलाई टिकटिक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्याई हत्या गरेको पाइएको हो ।
६ वैशाखमा रौतहटको वृन्दावन नगरपालिका–७ का बालक कृष्णप्रसाद यादवलाई टिकटक बनाउने भन्दै मोबाइलमा फोन गरेर २५ वर्षीय नागेन्द्र सहनीले बोलाएका थिए । दिउँसो ४ बजे घरबाट बीआर०५डब्लू०१३७ नम्बरको भारतीय मोटरसाइकल चढेर गरुडा नगरपालिका–८ को चाँदी खोलामा जाने क्रममा गढीमाई मन्दिर नजिक पुगेपछि उनलाई २५ वर्षीय नागेन्द्र सहनी र साधु भनिने २२ वर्षीय अर्का व्यक्ति नागेन्द्र सहनीले बालक यादवलाई कब्जामा लिएर चाँदी खोलातर्फ लगेका थिए ।
रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार दुवै परिवारबीच पुरानो रिसिइबी रहेको पाइएको छ । सोही रिसिइबी साँध्न नागेन्द्रले बालक कृष्णलाई टिकटक बनाउने बाहनामा बोलाएर हत्या गरेको देखिन्छ ।
‘केही समय पहिले कृष्णका बुबाले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा डुबेर नागेन्द्र सहनीकी भतिजीको मृत्यु भएको रहेछ । तर कृष्णको बुबाले मारेको आरोप सहनी परिवारले लगाउँदै आएका रहेछन्,’ प्रहरीले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘तीन वर्षअघि कृष्णको बुबालाई अपहरण गरेको आरोपमा नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीमाथि समेत अपहरण मुद्दा दायर भएको रहेछ । यो मुद्दा अहिले पनि चलिरहेको र हाल उनी फरार रहेका छन् ।’
सोही पुरानो रिसिइबीका कारण टिकटक बनाउने बहानामा कृष्णलाई बोलाएर छातीमा २ राउन्ड गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको घिमिरेले बताए । उनले भने, ‘हत्यापश्चात् दुवैजनाले मृतकको मोटरसाइकल प्रयोग गर्दै दुर्गाभगवती गाउँपालिका–५ स्थित बहिनीको घरमा टिनको बाकसमा पेस्तोल लुकाएको भेटिएको छ ।’
उनीहरूले मोटरसाइकलको नम्बर प्लेट भाँचेर माटोमा गाडेको र एक दिनपछि पुनः उक्त मोटरसाइकल गौर नगरपालिका–४ का विकास पटेललाई बेचेको प्रहरी अनुसन्धाबाट खुलेको घिमिरेले बताए ।
मोटरसाइकललाई टुक्रा पारेर प्रमाण नष्ट गर्न उनीहरूले गौरमा रहेको एक ग्यारेजमा पुर्याएका थिए । ‘हामीले घटनामा प्रयोग भएको कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने म्यागजिन र गोली पनि बरामद गरेका छौं,’ घिमिरले भने ।
घिमिरेका अनुसार मोटरसाइकल खरिद गर्ने विकास पटेल र ग्यारेजका मालिक अनिल साहलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: