Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

पार्टी सुदृढ बनाउन जनताको बिचमा पुगेका छौँः अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

बाँके । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ बनाउन आफूहरू जनताको बिचमा पुगेको बताएका छन् । आज बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित फत्तेपुरमा माओवादी केन्द्रले सञ्चालन गरेको तराई मधेस जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले पार्टीका अभियान, विचार र सिद्धान्तलाई जनतासम्म पुर्‍याउन र जनताका समस्या बुझ्दै जनतासँग नजिकको सम्बन्ध स्थापित गर्न अभियान सफल भएको बताए ।  उनले भने–‘हामीले सरकारमा रहँदा सामाजिक न्याय र सुशासनको पक्षमा गरेको कामबारेमा जानकारी गराउने र तराई मधेसका सबै समुदायका जनतासँग सम्बन्ध जोड्दै पार्टीलाई सुदृढ बनाउने अभियानमा छौँ, ‘उनले भने, ‘म पहिलो पटक यो राप्ती सोनारी गाउँपालिकामा आउँदा उत्साहित भएको छु यहाँको विकासको लागि गर्नुपर्ने काममा म प्रतिबद्ध पनि छु ।’

उनले बाँकेको राप्ती सोनारी क्षेत्रमा पछिल्लो समयमा विकास निर्माण र शिक्षा स्वास्थ्यको अवस्थामा सुधार भएको उल्लेख गर्दै सडक, स्वास्थ्य चौकी र राप्ती नदीको कटान रोक्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए । 

पूर्व प्रधानमन्त्री प्रचण्डले आइतबार नै राप्ती सोनारी–७ मा राप्ती नदीले गरेको कटान तथा तटबन्धको स्थलगत निरीक्षण समेत गरेका थिए । कटान तथा तटबन्धको निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले तत्काल तटबन्धको काम पूरा गरेर सो क्षेत्रका जनतालाई डुबान र कटानको त्रासबाट जोगाउन आवश्यक रहेको बताए । 

उनले तत्काल हुनसक्ने क्षतिको न्यूनीकरणका लागि उपलब्ध बजेटबाट काम अघि बढाउन तटबन्ध निर्माण आयोजना प्रमुखलाई निर्देशन दिँदै थप बजेटका लागि आफूले पनि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुनको महाविनाश: असममा बाढीले ४१ जनाको ज्यान लियो, ९ लाखभन्दा बढी प्रभावित

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...

माइकको आडमा बढ्दो दादागिरीमाथि प्रश्नः ‘पत्रकार’को परिचय कि धम्कीको हतियार ?

काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...

रोकिएन डिम्ब तस्करी : पुरानो विवाद सेलाउन नपाउँदै नयाँ प्रकरण सार्वजनिक

ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...

राधिकाविरुद्ध अभियान चलाएकी वेदिकाले ‘प्रमाण छ’ भनिन् तर देखाउन सकिनन्

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...

विद्यालयको क्यान्टिनमा ग्यास लिक भएर आगलागी, एलकेजीका चार बालिका घाइते

तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending