काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले जिम्मेवार तहमा बसेकाहरुले नै शिक्षकहरुलाई गलत बाटोमा हिँड्न प्रेरित गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो आरोप लगाएका हुन् ।
उनले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई लक्षित गर्दै आफ्नो राजनीतिक रोटी सेक्नको लागि शिक्षकहरुलाई उत्तेजित पार्ने काम गरिएको टिप्पणी गरे । उनले हिजो सरकारको नेतृत्वमा रहँदा शिक्षकहरुसँग सहमति गरेर कार्यान्वयन नगरी वर्तमान सरकारमाथि दोष थुपार्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गरे ।
उनले शिक्षाभित्रका सारा समस्याहरु वर्तमान सरकार र वर्तमान प्रधानमन्त्रीको कारण भएको हो जस्तैगरी जनतामा भ्रम पार्ने कामहरु भइरहेका भइरहेको बताए ।
उनले भने– ‘आफ्नो राजनीतिक रोटि सेक्नको लागि शिक्षकहरुलाई उत्तेजित पार्ने, आन्दोनल नछोड्नुस्, सडक तताउनुस्, विद्यालय नफर्किनुस् जस्ता जिम्मेवार तहमा रहेका नेतृत्वहरुले जुन अभिव्यक्ति दिइरहनु भएको छ । यसले कतै शिक्षकहरुलाई गलत बाटोमा हिँड्नको लागि उत्प्रेरित त गरिरहनुभएको छैन ? हिजो सरकारको नेतृत्वमा आफू रहने, आफैं बसेर शिक्षकहरुसँग सहमति गर्ने, अनि त्यो सहमतिलाई कार्यान्वयन नगर्ने । अनि शिक्षाभित्रका सारा समस्याहरु वर्तमान सरकारले गर्दा आएको हो, वर्तमान प्रधानमन्त्रीको कारण भएको हो जस्तैगरी जनतामा भ्रम पार्ने कामहरु भइरहेका छन् । यसरी जनतामा भ्रम पार्ने हैसियत राख्दैन ।’
शिक्षकका जायज मागहरु सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै जनतामा भ्रम पार्ने काम नगर्न समेत आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: