काठमाडौं । सांसद उर्मिला माझीले सिन्धुपाल्चोकको माझी बस्ती नै लिलामीमा पर्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । आज प्रतिनिधिसभाको बैठकमा सांसद माझीले नायिका श्वेता खड्का फाउन्डेसनको ऋणमा निर्माण भएको सिन्धुपाल्चोकको माझी बस्तीप्रति कर्तव्य पालना गर्न सक्षम नहुँदा विस्थापित हुनेक्रम बढेको बताएकी हुन् ।
०७२ सालको गोरखा भूकम्पपछि पुनर्निर्माणको प्रक्रियामा खड्काले सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिका–११ मा ५५ घर माझी बस्ती बनाइदिए पनि कर्तव्य पूरा गर्न चुकेको उनको आरोप छ ।
‘व्यक्तित्वको हिसाबले श्वेता खड्का सम्मानित व्यक्ति हुनुहुन्छ । कलाकारिताका हिसाबले राष्ट्रकै गहना हुनुहुन्छ, हामी उहाँलाई सम्मान गर्छौँ,’ उनले भनिन्, ‘उहाँले घर त निर्माण गरिदिनु भयो, तर आज उहाँकै कारणले गर्दा ५५ घरधुरी माझी समुदाय बैंकको कालोसूचीमा परेर बस्ती नै लिलाम हुने परिस्थिति सिर्जना भएको छ । उहाँले सेवाका भावनाले गर्नुभयो, हामी नराम्रो मान्दैनौं । तर, उहाँले जुन किसिमले सेवा गर्न खोज्नु भयो, त्यसलाई पूरा गर्न सक्नु भएन । आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु भएन ।’
नायिका खड्काले २०७२ को भूकम्पपछि उक्त माझी बस्ती निर्माण गर्न स्वेता खड्का फाउन्डेशनमार्फत अभियान चलाए पनि सो काम अलपत्र परेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - २२:३४
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...
श्रावण ७ गते, २०८३ - २२:२७
काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...
श्रावण ७ गते, २०८३ - २२:०४
ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...
श्रावण ७ गते, २०८३ - २१:५४
काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...
श्रावण ७ गते, २०८३ - २१:५३
तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...



प्रतिकृया लेख्नुहोस्: