Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

गुल्मीमा चल्यो शिक्षकले राजीनामा दिने लहर

२९ जनाकाे राजीनामा आउँदा २८ काे अनिवार्य अवकास

खबरडबली संवाददाता

गुल्मी । गुल्मीमा २९ जना शिक्षकले राजीनामा दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार गत साउन १ गतेदेखि हालसम्म २९ जना शिक्षकले राजीनामा दिएका हुन् । 

प्राथमिक तहमा २५ जना, निम्न माध्यमिक तहमा दुई जना र माध्यमिक तहमा दुई जना गरी कुल २९ जना शिक्षकको राजीनामा स्वीकृत भएको उनले बताए । 

उदय माध्यमिक विद्यालय चन्द्रकोटका माध्यमिक तहमा अध्यापन गराउने भीमबहादुर थापा र जनबोध माध्यमिक विद्यालयमा गणित विषय अध्यापन गराउने गीता भण्डारीले राजीनामा दिएको उनले बताए । थापाले बिरामी भएर र भण्डारीले तथ्याङ्क अधिकृतमा नाम निकालेर राजीनामा दिएको घिमिरेले बताए । यस्तै २८ जना शिक्षकको अनिवार्य अवकाश भएको पनि उनको भनाइ छ । 

पछिल्लो समयमा शिक्षण पेसामा खासै रुचि नहुनु र वैदेशिक रोजगारीको लहरले पनि राजीनामा दिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको घिमिरेले बताए । राजीनामा दिनेमा करिब आधाको सङ्ख्यामा वैदेशिक रोजगार रहने गरेको उनको भनाइ छ । नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले विद्यालय राजनीतिक अखडा बन्नु, शिक्षकलाई जीवन निर्वाह गर्न पनि समस्या हुनु, शिक्षण पेसामा भविष्य नदेख्नु र निजामती सेवा सरह राज्यले हेर्ने दृष्टिकोण नहुनुले पनि शिक्षण पेसाबाट राजीनामा दिने गरेको बताए ।

शिक्षक अभाव

गुल्मीमा  गणित, अङ्ग्रेजी र विज्ञानका शिक्षक अभाव देखिएको छ । धुर्कोट गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा राहत र अनुदानका लागि गणित र विज्ञान विषयमा तेस्रो पटक विज्ञापन गरेको छ । तेस्रो पटकको विज्ञापनमा पनि यो समाचार तयार पार्दासम्म आवेदन नपरेको गाउँपालिकाले जनाएको छ । 

धुर्कोट गाउँपालिका–६ को धुर माध्यमिक विद्यालयमा  गणित र वडा नम्बर ३ को  निन्युखर्क माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका लागि तेस्रो पटक विज्ञापन गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए । तेस्रो पटक विज्ञापन गर्दा पनि शिक्षक पाउनै मुस्किल भएको उनको भनाइ छ । सहरमा सबैको रुचि हुने र गाउँमा शिक्षक आउन नमान्ने भएका कारण पनि थप समस्या आउने गरेको पन्थीले गुनासो गरे । नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दा शिक्षक अभाव देखा पर्नुले विद्यार्थीको पठनपाठनमा समस्या आउने देखिन्छ । 

छैटौँ पटकमा शिक्षक

केही महिनापहिले जिल्लाको मुसीकोट नगरपालिकाको मुसीकोट माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालयका लागि  माध्यमिक तहमा गणित शिक्षकका लागि  छैटौँ पटक विज्ञापन गर्दा मुस्किलले शिक्षक पाएको थियो । शिवशङ्कर माध्यमिक विद्यालयका लागि अङ्ग्रेजी  शिक्षकका लागि पनि छैटौँ पटकमा शिक्षक पाएको  नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिए । सोही नगरपालिकाको ददल्का माध्यमिक विद्यालयका लागि पनि गणित शिक्षकका लागि तेस्रो पटक नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सीतापुर माध्यमिक विद्यालयका लागि माध्यमिक विज्ञान राहतमा मुस्किलले शिक्षक पाएको उनले बताए ।

गुल्मीमा सामुदायिक र संस्थागत गरी ५९० विद्यालय र ५६ हजार २०३ विद्यार्थी सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएको छ । जिल्लामा बालशिक्षादेखि कक्षा १२ सम्मका विद्यालयमा राहत र दरबन्दी गरी तीन हजार १५३ जनाको दरबन्दी रहेको  कार्यालयले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगदेशमा नेकपाको सम्पर्क कार्यालय, दीपशिखा र भीष्मद्वारा उद्घाटन

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...

विकसित पर्वतका लागि मनहरि तिमिल्सिनाको २३ बुँदे रोडम्याप सार्वजनिक

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...

ओली सरकारले युवालाई गोली ठोक्दा वाम आन्दोलनकाे बदनाम भयो: खतिवडा

काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...

९ सिटबाट जनयुद्ध, २२९ सिटमा सरकार, फेरि ‘एक्लै मैदान’मा गएकाे नेकपाकाे इतिहास दोहोरिन्छ कि मोडिन्छ ?

काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...

ठुटे सिङ लिएर सिंगौरी खेल्न आउनेहरूबाट देश बन्दैनः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...

पानीको मुहान काठमाडौँ–३, तर जितको तिर्खा कसले मेट्ला ?

काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...

शनिबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...

बास्कोटाको व्यंग्यः चुनावी दाबी सुन्दा सबैले जितिसके, एकल सरकार पनि बनिसक्यो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...

कति छ आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE