Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

एमाले नेतृत्वलाई घेराबन्दीमा पारिदैँछ, सतर्क हुन जरूरी छः एमाले महासचिव

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न नसक्ने बताएका छन ।

प्रेस चौतारी नेपाल केन्द्रीय समितिको दोस्रो बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिएको बताए । 

यसले राज्य र नागरिकका बिचमा द्वन्द्व सिर्जना गरेको उनको धारणा छ । ‘लोकतन्त्रलाई राज्यलाई बलियो बनाउने र बलियो राज्यका मध्यमबाट नागरिकलाई बलियो बनाउने कुराको पैरवी गर्नु पर्दछ’, उनले भने ।

आमसञ्चार माध्यमले हरेक घटनालाई राज्य र नागरिकका बिच गहिरो सम्बन्ध कायम गर्ने कोणबाट विश्लेषण गर्नु पर्ने उनको धारणा छ । समाचारले समाजलाई सकारात्मक प्रभाव पार्नु पर्नेमा उनको जोड रहेको छ । नकारात्मक समाचारले समाजलाई गलत दिशातर्फ लैजाने उनको धारणा छ ।

‘नकारात्मक समाचारलाई समाजलाई गलत दिशा तर्फ लैजान्छ, कस्तो समाज निर्माण गर्ने भन्ने सन्दर्भमा सोचेर हामीले समाचार सम्प्रेषण गर्नुपर्दछ’, उनले भने ।

पत्रकार सधैँ सिर्जनात्मक हुनुपर्ने बताउँदै पोखरेलले त्यसो हुन नसकेमा पत्रकार नसुनिने र नदेखिने पात्र बन्ने बताए ।  ‘ पत्रकार समाजमा देखिने र सुनिने बन्नु पर्दछ, निर्णायक क्षणमा पार्टी र राष्ट्रको पक्षमा आफ्नो सामर्थ्य देखाउनु पर्दछ’, पोखरेलले भने ।

सूचनामा बल हुने बताउँदै उनले यसको लागि बलियो नेटवर्क हुनुपर्ने बताए ।  पोखरेलले प्रेस चौतारी नेपाललाई बलियो नेटवर्क बनाउन आग्रहसमेत गरेका छन् ।

नेपाल राष्ट्रलाई कमजोर बनाउन बाहिरबाट लगानी गर्नेहरूबाट नेपालमा स्वघोषित विद्वानहरू परिचालित भएका उनले बताए । नेपालमा धेरै बाह्य लगानीबाट हुने रिसर्चहरू प्रायोजित र देशलाई कमजोर बनाउने खालका हुने उनको धारणा रहेको छ । ‘के देखाउने भन्ने कुराको आधारमा रिसर्च हुने गर्दछ, त्यसले हाम्रो समाजलाई विसङ्गति तर्फ लैजान्छ’, उनले भने ।

नेपालका सबै सूचनामा पत्रकारको पहुँच भयो भने कुन चिज प्रायोजित हो र कुन वास्तविक हो भन्ने कुरा सार्वजनिक हुने उनको भनाई छ । उनले पत्रकारलाई आफ्नै सूचनाको जगमा उभिन आग्रहसमेत गरेका छन ।

अहिले एमाले र एमालेको नेतृत्व माथि चौतर्फी घेराबन्दी भएको उनले बताए । त्यो घेराबन्दी एमालेले नराम्रो काम गरेको कारण वा कामको नराम्रो परिणाम आएको कारण नभएको उनको दावी छ । एमालेले विकास र समृद्धि तथा राष्ट्र हितको पक्षमा काम गरेको कारण विकास विरोधीले घेराबन्दी गरेको उनको जिकिर रहेको छ ।

 ‘यो मुलुकमा विकासको सपना देख्ने, रणनीतिक ठुला विकास परियोजनाको काम गर्ने पार्टी नेकपा एमाले हो’, उनले भने ।

लोकप्रियवादले समाजलाई दुर्घटनातर्फ लैजाने उनले बताउँदै यसले देशलाई विकास र समृद्धि दिन नसक्ने धारणा रहेको छ । लोकप्रियवाद  समस्याको समाधान नभएको स्पष्ट पार्दै पोखरेलले त्यही कुरा एमालेले भन्दा एमाले विरुद्ध कुण्ठा र आक्रोश पोख्ने काम भइरहेको बताए । ‘जसले जे अनुचित सपना देखेका थिए, त्यसको बाधक एमाले बनेको छ, त्यसैले एमाले माथि प्रहार भइरहेको छ’, उनले भने ।

समाजलाई भ्रमबाट मुक्त गराउने र सत्य कुरा प्रवाह गर्ने काम पत्रकारले गर्नु पर्नेमा उनको जोड छ । मानिसमा विकास भएको नकारात्मक भावनालाई चिर्न पत्रकारले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । 

सूचना र प्रविधिको गलत प्रयोगले समाजलाई गलत दिशा तर्फ लगेको बताउँदै उनले त्यसबाट देशलाई सही बाटोमा ल्याउने सामर्थ्य नेकपा एमालेले मात्रै राख्ने दाबीसमेत गरेका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय समितिको खुमलटारमा जारी बैठकले २०८२ साललाई संगठनको प्रशिक्षण वर्ष घोषणा गरेको छ । संगठनका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता जारी बैठकमा नेकपा एमाले जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ नेता विश्वमणि सुवेदी लगायत सहभागी रहेका छन ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुनको महाविनाश: असममा बाढीले ४१ जनाको ज्यान लियो, ९ लाखभन्दा बढी प्रभावित

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...

माइकको आडमा बढ्दो दादागिरीमाथि प्रश्नः ‘पत्रकार’को परिचय कि धम्कीको हतियार ?

काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...

रोकिएन डिम्ब तस्करी : पुरानो विवाद सेलाउन नपाउँदै नयाँ प्रकरण सार्वजनिक

ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...

राधिकाविरुद्ध अभियान चलाएकी वेदिकाले ‘प्रमाण छ’ भनिन् तर देखाउन सकिनन्

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...

विद्यालयको क्यान्टिनमा ग्यास लिक भएर आगलागी, एलकेजीका चार बालिका घाइते

तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending