Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सिरहामा अनुदानको रकम अपचलन गर्न फर्जी क्याम्पस प्रमुख

कराेडाैं रकम हिनामिनाकाे आशंका

खबरडबली संवाददाता

सिरहा । सिरहाको गोलवजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले अनुदानको रकम हत्याउनैकै लागि फर्जि क्याम्पस प्रमुख खडा गरेका छन्।

क्याम्पसका प्रमुख साहले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने अनुदानका लागि क्याम्पसका सञ्चालक समिति अध्यक्ष सुर्यमान तामाङको मिलोमतोमा फर्जी क्याम्पस प्रमुख बनाएका हुन्। 

पूर्णकालिन क्याम्पस प्रमुख भएकालाई मात्रै अनुदान दिने बाध्यकारी नियम लागु गरेपछि क्याम्पसका प्रमुख किशोर कुमार साहले अध्यक्ष तामाङसँगको मिलेमत्तोमा विश्वविद्यालय अनुदान आयोगमा क्याम्पसका अर्का शिक्षक मनोज कुमार साहलाई फर्जि क्याम्पस प्रमुख बनाएको तत्थ वाहिरीएको छ। 

किशोर कुमार साह धनगढीमाई नगरपालिका- ११ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयका स्थायी मावि शिक्षक हुन्। पुर्णकालिन क्याम्पस प्रमुख नरहेकै कारण बिगत केही वर्षदेखी बिश्वबिद्धालय अनुदान आयोग सानोठिमि, भक्तपुरले अनुदान रकम घटाउँदै आएको थियो। यो पटक पूर्णकालिन प्रमुख नभएर कट्टा गर्ने भएपछि अर्का शिक्षकको नाम पठाएको हुन सक्ने त्यहि कार्यरत एक शिक्षकले जानकारी दिए। 

साहले आफ्नो पदलाई दाउमै राखेर सञ्चालक समितिहरुको किर्ते हस्ताक्षर गरेको स्रोतले दावी गरेको छ। उनका अनुसार समितिका कुनै सदस्यलाई जानकारी नै नदिई किशोर साहले ‘क्याम्पस सञ्चालक समितिको निर्णय अनुसार २०८१ कात्तिक २४ गतेदेखि नै लागु हुने गरी चार वर्षको लागि पुर्णकालिन क्याम्पस प्रमुखको जिम्मेवारी यसै क्याम्पसमा कार्यरत मनोज कुमार साहलाई दिइएको’  लेखिएको पत्र विश्वविद्यालय अनुदान आयोगलाइ परिपत्र गरिएको प्रमाण फेला परेको छ। 

२०८१ कात्तिक २७ गते नै क्याम्पस प्रमुख साहले अनुदानको रकम कुम्ल्याउने उदेश्यले सञ्चालक समितिका अध्यक्ष तामाङलाई आर्थिक प्रभावमा पारेर क्याम्पसको लेटरहेड प्रयोग गरि कात्तिक २४ गतेदेखि नै मनोजकुमार साहलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको पत्र अनुदान आयोगमा पठाएको छ। आयोगले भने सो पत्र २०८१ चैत १२ गतेमात्र प्राप्त भएको जनाएको छ। 

अनुदान आयोगका वरिष्ठ सहायक शिवचन्द पटेलले क्याम्पसको लेटरहेडमा नयाँ क्याम्पस प्रमुख नियुक्ति गरिएको पत्र आएको बताए। उनले भने, ‘हाम्रोमा मनोज कुमार साहलाई क्याम्पस प्रमख बनाएको आशयको पत्र आएको छ। त्यसका निर्णयहरु भने आई सकेको छैन।’

तर, क्याम्पस प्रमुख बनाइएका मनोज साह भने बेखबर छन्। उनी भन्छन्, ‘यो बिषयमा मलाई केही जानकारी छैन्। मलाई कसैले औपचारिक अनौपचारिक कुनैपनि रुपमा मैले जानकारी पाएको छैन्। क्याम्पस प्रमुख अहिले पनि किशोर साहजी नै हुनुहुन्छ ।’

यस बिषयमा रामप्रसाद रामप्रताप तामाङ जनता बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष सुर्य मान तामाङलाई अहिलेको क्याम्पस प्रमुख को हो? क्याम्पस प्रमुख फेरिएको छ कि छैन? भन्ने प्रश्नमा  उनले भने, ‘अहिलेको क्याम्पस प्रमुख किशोर साह नै हुनुहुन्छ। हामिले अहिले सम्म उहाँलाई जिम्मा दिएका छौं।’

अध्यक्ष तामाङलासँग पुनः त्यसो भए २०८१ कात्तिक २७ गते बिश्वाविद्यालय अनुदान आयोगमा मनोजकुमार साह क्याम्पस प्रमुख रहेको परिपत्र फर्जी हो? कि तपाइले नै फर्जी क्याम्पस प्रमुख खडा गरेको हो? प्रश्न गर्दा उनले भने, ‘क्याम्पस चिफ किशोर कुमार साहले प्राविधिक कुरो मिलाउनु छ। अनुदान आयोगमा नाम कै लागि पठाउनुछ। यो तपाइले नै हस्ताक्षर गरेर पठाउनु पर्न हुन्छ भन्नु भयो। क्यम्पसकै हितको लागि हो भनेपछि मैले सहि गरिदिएको हुँ।’ अध्यक्ष तामाङ्गले थपे, ‘कानुनी रुपमा मिल्दैन तर; क्याम्पसको हित हुन्छ। व्यबहारिक रुपमा मिलाउनु पर्छ भन्नुभएपछि मैले पनि हस्ताक्षर गरिदिए।’

यसै विषयमा क्याम्पस प्रमुख किशोर कुमार साहसंग जानकारी माँग्दा उनले भने, ‘क्याम्पस नै हो। हेर्दै जाउँ के के हुन्छ। यहाँ के के ग¥या छ। केही पतो हुदैन।’  उनलाई यो कसरी हुन गयो त? भनि प्रतिप्रश्न गर्दा उनले ‘म अहिले एउटा कार्यक्रममा छु। तपाईंसँग पछि कुरा गरौंला' भन्दै फोन काटेका छन् । पछि क्याम्पस प्र्रमख साहसँग प्रतिक्रिया लिने प्रयास गरेपनि उनी फोन सम्पर्कमा आउन चाहेनन्।

सञ्चालक समितिका सदस्य चन्दर यादबलाई क्याम्पस प्रमुख फेरिने बिषयमा सञ्चालक समितिको बैठक बस्नु भन्नु भएकाे थियो ।  उनका अनुसार यस बिचमा बैठक नै बसेको छैन। केहि दिन अगाडी बर्दिवासमा क्याम्पसको पञ्च वर्षे योजना सम्बन्धि बैठक बसेको थियो। तर, क्याम्पस प्रमुख फेरिने बारे अध्यक्षले कहिले चर्चा समेत गरेका थिएनन । उनले थपे, ‘यदि क्याम्पस चिफ फेरिएको हो भने यो फर्जी गरिको छ। हामीलाइ केही जानकारी नै छैन।’

सोही बिषयमा क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहेका गोलबजारका नगर प्रमुख श्याम श्रेष्ठले क्याम्पस प्रमुख फेरिएको विषयम कुनै जानकारी नभएको बताए। हामिले क्याम्पस प्रमुख फेरिएको प्रमाण फेला पारेका छौं, यसमा तपाईं के भन्न चाहनु हुन्छ? भन्ने प्रश्नामा मेयर श्रेष्ठले भने, ‘ए त्यस्तो पो गरिएको छ। पख्नुस त म बुझ्छु। पाँच मिनेट पछि म तपाईलाई बुझेर फोन गर्छु;’ भन्दै फोन काटे। पछि उनी सम्पर्कमा आउन चाहेनन्।

त्यसैगरी, सोही क्याम्पसका सञ्चालक समितिसदस्य समेत रहेका मधेश प्रदेश सभासदस्य मनोज कुमार सिंहले सञ्चालक समितिले नयाँ क्याम्पस प्रमुख नियुक्त गरेको विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए। उनले  भने, ‘म बसेको बैठकमा यस्तो निर्णय भएको छैन। यस विषयमा मैले पनि बुझ्नै पर्छ।’

सोही क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्यनरत बिद्यार्थी सुरेश रायले क्याम्पस प्रमुख अहिले सम्म किशोर साह रहेको बताए। उनले भने, ‘चार–पाँच दिनदेखि क्याम्पस आउनु भएको छैन। तर, क्याम्पस प्रमुख किशोर सर नै हुनुन्छ।’ 
चारै जना सञ्चालक समितिका जिम्मेवार ब्यक्तिले दिएको प्रतिक्रिया र बिश्वबिद्यालय अनुदान आयोगलाई गरिएको परिपत्रले क्याम्पस प्रमुख किशोर कुमार साह र सञ्चालक समितिका अध्यक्ष सुर्यमान तामाङले बदनियतपुर्वक नै यो फर्जी कागजात तयार गरिएको पुष्टि हुन्छ। 

बिगत एक दशकदेखि सञ्चालक समितिका अध्यक्ष तामाङ र क्याम्पस प्रमुख किशोर कुमार साहले केही व्यक्तिलाई राजनितिक र आर्थिक प्रभावमा पारेर करोडौं रकम हिनामिना गरेको क्याम्पसमै कार्यरत शिक्षकहरु बताउँछन्।  उनले क्याम्पस कै केही प्रध्यापकलाईसमेत प्रभावित बनाएर एक दशक देखि आफ्नो लुटको साम्राज्य एक क्षत्र राज्य चलाई रहेको नाम उल्लेख नगर्ने शर्तमा एक शिक्षकले बताए।

क्याम्पसले गत बैशाख २२ गते क्याम्पस सभामा सार्वजनिक गरेको ‘वर्षिक प्रतिवेदन २०८०’ मा गत आर्थिक वर्ष २०७९/०८० भन्दा अघिसम्म विभिन्न शिर्षकमा प्रति विद्यार्थी ११ हजार पाँच सय ५० रुपैयाँ लिने उल्लेख छ। तर, सोही अवधिमा विद्यार्थी सँग भने १६ देखि १८ हजारसम्म लिने गरेको प्रमाणहरु फेला परेको छ।

क्याम्पसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७९/८० मा एक हजार चार सय ७५ जना  विद्यार्थीको नामाङ्कन भएको छ। विद्यार्थी संख्या र उनले असुली गरेको बढी रकमकोमात्र सोझो हिसाव गर्ने हो भनेपनि एक वर्षमामात्रै करिव ६६ लाख देखि  ९६ लाख रुपैयाँ गोलमाल गरेको पुष्टि हुन्छ।

त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा एक हजार तीन सय ७ जना विद्यार्थीको नामाङ्कन भएको छ। यसवर्ष पनि क्याम्पस प्रमुख साहले करिव ५९ देखि ८५ लाख रुपैयाँको हिसाव गोलमाल गरेको उनीहरूकाे अाराेप छ ।

यसरी उनले विद्यार्थीसँग लिएको बढी रकमको हिसाव कतै देखाएको छैन। २०८०/०८१ बाटमात्र उनले प्रति विद्यार्थी विभिन्न शिर्षकमा वार्षिक रुपमा २० हजार रुपैयाँ लिने निर्णय गरेको छ। तर, विद्यार्थीसँग सो भन्दाबढी रकम असुल गरेको विद्यार्थीहरुको आरोप छ। 

यसरी क्याम्पस प्रमुख साहले आफनो कार्यकालमा सात करोडभन्दा बढी रकम झ्वाम पारेको सर्वसाधारणकाे बुझाइ रहेकाे छ। राजनितिक आडमा क्याम्प प्रमुख किशोर साह एक दशकदेखि कानुनलाई लत्याउदै बिना कुनै निर्णयकै क्याम्पस प्रमुखमा बिराजमान छन्।  घतलाग्दो विषय हजारौं विद्यार्थी सङ्ख्या, वार्षिक करौडौं कारोवार हुने यस क्याम्पसमा एकजना लेखापाल समेत छैन। लेखा पालदेखि दर्ता चलानिका सम्पूर्णकाम क्याम्पस प्रमुख साहको कब्जामा छ । एकजना पुस्तकालय हेर्न भनेर नियुक्त भएका व्यक्तिले विद्यार्थीको रसिद काट्ने काम गर्छन। बाँकी सवै हिसाव क्याम्पस प्रमुख साहले नै गर्ने भएकाले पनि यहाँ हिनामिना हुने गरेको संचालक समितिका सदस्यहरु नै बताउँछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending