काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताएका छन् । २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो नियतका कारणले प्रकृतिको नियम बिगार्यौँ भने आफैँ जोखिममा पर्ने बताए । गृहमन्त्री लेखकले पर्यावरणलाई स्वच्छ राख्नुपर्ने बताउँदै केन्द्र, प्रदेश, स्थानीय सरकार मिलेर विपद्को न्यूनीकरण गर्न जरुरी रहेको बताए । उनले आजको दिन विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा यस्ता पीडाबाट सुरक्षित हुन्छौँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्ने दिन रहेको उल्लेख गरे ।
सरकार भनेको प्रधानमन्त्री, मन्त्रीहरू मात्रै नभई समग्र नागरिक रहेको बताए । नागरिकहरू कुनै न कुनै हिसाबले सरकारसँग जोडिने भएकाले सबै मिलेर विपद्बाट जोगिनका लागि काम गर्नुपर्ने सुझाव दिए । उनले प्रकृति नियमले र मानिस नियतले चल्ने भएकाले मानिसको नियतका कारण प्रकृतिको नियम बिगार्न नहुने बताए ।
गृहमन्त्री लेखकले भने, ‘आगामी दिनमा हामी कसरी प्राकृतिक विपद्बाट बाच्न सक्छौँ । विपद्को जोखिमलाई कसरी न्यूनीकरण गर्न सक्छौँ र विपद् आइहाल्यो भने हामी त्यसको प्रतिकार्य कसरी गर्दछौँ, पुनःस्थापन र पुनः निर्माणका कार्यहरू कसरी गर्छौँ भन्ने कुरालाई पनि ध्यान दिन र स्मरण गर्न हामी यहाँ उपस्थित भएका छौँ । विगतका पीडाले, विगतका दुःखले आगामी दिनमा ती दुःख न्यूनीकरण गर्न तयारी अवस्थामा बस्न जरुरी छ । आजको दिन पीडाका सँगै विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा हामी यस्ता पीडाबाट सुरक्षित हुन्छौँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्ने दिन हो । त्यसकारण आज हामी सबैले प्रतिबद्धता व्यक्त गरौँ । हामी विपद्को जोखिमलाई न्यूनीकरण गर्नेछौँ, विपद्को जोखिमपछि उत्पन्न परिस्थितिलाई हामी ठिक ढंगले व्यवस्थापन गर्नेछौँ । यो सरकारको तर्फबाट म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । सरकार भनेको मन्त्रीपरिषद् मात्रै होइन । सम्माननीय प्रधानमन्त्री वा मन्त्री मात्रै सरकार होइन । सरकार भनेको समग्रता हो । हामी सबै कुनै न कुनै रूपमा राज्यसँग जोडिएका छौँ । प्रकृति नियमले चल्छ, हामी नियतले चल्छौँ । हामीले आफ्नो नियतका कारणले प्रकृतिको नियम बिगार्यौँ भने हामी आफैँ जोखिममा पर्दछौँ । त्यसकारण पर्यावरणलाई स्वच्छ राखौँ, प्रकृति नबिगारौँ । प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ । केन्द्र, प्रदेश, स्थानीय तह सबै सरकारले मिलेर विपद्को न्यूनीकरण गर्न जरुरी छ । जोखिम नघटाउन जरुरी छ । हाम्रा संरचनाहरू बलियो हुन जरुरी छ । ’
गृहमन्त्री लेखकले नेपाल अत्यन्त जोखिमपूर्ण भूगोलमा रहेको उल्लेख गर्दै जुनसुकै बेलामा जे पनि हुनसक्ने स्थिति रहेकाले सतर्क भएर रहनुपर्ने बताए । अतिवृष्टि, खोलानालामा बाढी आउने र पहिरो जाने कुराको केही पूर्वानुमान गर्न सके पनि भूकम्पको बारेमा पूर्वानुमान गर्न नसकिने उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - २२:३४
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...
श्रावण ७ गते, २०८३ - २२:२७
काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...
श्रावण ७ गते, २०८३ - २२:०४
ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...
श्रावण ७ गते, २०८३ - २१:५४
काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...
श्रावण ७ गते, २०८३ - २१:५३
तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...



प्रतिकृया लेख्नुहोस्: