Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

चौध वर्षदेखि बेखबर छिन् सञ्चमाया

खबरडबली संवाददाता

इलाम । कमजोर आर्थिक अवस्थाका कारण खानलाउन नपुग्नेभएपछि सूर्योदय नगरपालिका–४ गोरखकी सञ्चमाया राईका लागि विदेश जानु पारिवारिक बाध्यता थियो। घरमा श्रीमान् र पाँच बालबच्चा थिए। ‘एजेन्ट’ ले बिनालगानी, बिनापासपोर्ट विदेश लगिदिन्छु भनेपछि उनलाई पैसाको लोभ भयो। विसं २०६८ मा इलामबाट झापा पुर्‍याएर भारत हुँदै साउदीमा बेपत्ता बनाइएकी सञ्चमाया १४ वर्षदेखि बेखबर छिन्।

‘आमाको नागरिकता हरायो, सोधीखोजी गर्ने केही माध्यम छैन,’ सञ्चमायाकी छोरी सृजनाले भनिन्, ‘एजेन्टले दिल्ली पुर्‍याएपछि १४ दिन बिरामी पर्नुभएछ। त्यसपछि साउदी पुर्‍याएको खबर सुनियो। तर आमासँग कुरा हुन पाएन।’

गाउँका अन्य महिलालाई पनि अवैध बाटोबाट खाडी मुलुक पठाएको एजेन्ट अहिले नेपालमा नहुँदा खोजी गर्न समस्या छ। ‘एजेन्ट पनि आजकाल विदेशतिरै भासिएर सम्पर्क टुटेको छ,’ सृजनाले भनिन्, ‘म सानो हुँदा आमा जानुभएको अलिअलि सम्झना छ । यतिका समय बित्यो। सम्पर्क छैन। न सास, न लास केही पत्तो भएन।’

सृजनाले स्थानीय सरकारसँग आमा खोजीदिन गुहार गरेकी छन्। ‘नागरिकता भए सजिलो हुन्थो रे! मामली गाउँको वडामा गएर आमाको नागरिकता नम्बर खोज्यौं। तर, आगलागी हुँदा ढड्डा डढ्यो भनिन्। खै केही उपाय होला कि।’

सूर्योदय–५ का वडाध्यक्ष उर्गेन बम्जनले सूर्योदय नगरपालिकासँग जोडिएको रेमी परियोजनाले पहल गरिरहेको बताए। 

‘सुरक्षित आप्रवासन सञ्चालन परियोजना (रेमी)मार्फत हामी नागरिकता नम्बर खोजीमा छौं। कसले फसायो। उहाँ कहाँ हुनुहुन्छ पत्तो लगाउनु हाम्रो पनि कर्तव्य हो । परिवारको गुनासोले मलाई पनि पिरोलेको छ,’ वडाध्यक्ष बम्जनले भने, ‘सञ्चमायाका श्रीमान् नरबहादुर सोझो हुनुहुन्छ। खेती किसानी गरेर बच्चा हुर्काए। अब सन्तान बढेपछि आमाको खोजी गरिरहेका छन्। वडा साथमा छ।’

श्रीमती बेपत्ता भएको पीर मनभरि भए पनि नरबहादुरलाई व्यक्त गर्न आउँदैन। सम्झनामा गहभरि आँसु पार्दै भक्कानिनुबाहेक कानुनी तरिकाले खोजीमा पुग्ने क्षमता छैन।‘धेरै पढ्नु भएन। बोल्न, भन्न आँट गर्नुहुन्न। हामी छोराछोरीले खोजी गर्न सुरु गरेका छौं। भाग्य रहेछ भने आमा भन्न पाइएला,’ कान्छा छोरा बिराजले भनिन्। 

सञ्चमाया र नरबहादुरका छोरा रबिन, देउराज, विक्रम र बिराज छन्। बिराज माध्यमिक तह पढिरहेकी छन्। छोरी सृजना झापा बसेर ब्याचलर गरिरहेका छन् भने तीन छोरा भारतमा श्रम गरिरहेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending