काठमाडौं । राजसंस्थापुनःस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजदेखि सशक्त आन्दोलन सुरु गर्दैछ। पहिलो दिनमै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने पूर्वघोषणा गरेको छ। रोक्न सुरक्षा निकायहरू सतर्क अवस्थामा छन्।
यसअघि राप्रपाले चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन आयोजना गरेको थियो, तर उक्त प्रदर्शन अपेक्षाअनुसार प्रभावकारी हुन सकेको थिएन। त्यसपछि पार्टीले आन्दोलनलाई चरणबद्ध रूपमा निरन्तरता दिँदै सरकारलाई दबाबमा ल्याउने रणनीति अपनाएको हो।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राप्रपा सधैं शान्तिपूर्ण आन्दोलनमा विश्वास राख्ने भन्दै हिंसा मार्गदर्शक नभएको बताए। सरकारले पनि अनावश्यक बल प्रयोग नगर्ने विश्वास राखे।
पार्टीको योजना अनुसार आजको प्रदर्शन मध्यान्ह १२ बजे अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा विजुलीबजारबाट सुरु हुनेछ। त्यसपछि उनले प्रदर्शनको अगुवाइ गर्दै बानेश्वरस्थित निषेधित क्षेत्रतर्फ अघि बढ्ने तयारी छ।
बालुवाटार क्षेत्रमा डा. प्रकाशचन्द्र लोहनी र भद्रकालीतर्फ विक्रम पाण्डेले नेतृत्व गर्ने सम्भावना छ। यद्यपि, आन्दोलनको रणनीतिमा अन्तिम समयमा केही परिमार्जन हुन सक्ने अनुमान गरिएको छ।
राप्रपाका प्रदर्शनकारीले बानेश्वर, बालुवाटार र भद्रकाली क्षेत्रका निषेधित घेरा तोड्ने प्रयास गर्नेछन्। यस क्रममा सुरक्षाकर्मीहरू सँग धकेलाधकेल हुन सक्ने भए पनि पार्टीको कुनै ढुंगामुढा, तोडफोड वा आगजनी गर्ने योजना नरहेको राप्रपा छैन।
निषेधित क्षेत्रतर्फको आन्दोलनका क्रममा केही शीर्ष नेताहरू स्वेच्छाले गिरफ्तारी दिन सक्नेछन्। अध्यक्ष लिङ्देनले पत्रकारहरूसँगको कुराकानीमा आफू पक्राउ पर्न तयार रहेको स्पष्ट पारेका थिए।
यता, सरकार भने आन्दोलनको प्रतिकारमा कठोर नीति अवलम्बन गर्ने तयारीमा देखिएको छ। गृह मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा निषेधित क्षेत्र उल्लंघन गर्न खोजे त्यसलाई सह्य नगरिने चेतावनी दिइएको छ। हिजो आन्दोलनबारे राप्रपाका ७ नेतालाई निर्मल निवास बोलाएर पूर्वराजा ज्ञानेन्द्र शाहले पनि जानकारी लिएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...
माघ १४ गते, २०८२ - ०८:४५
खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...
माघ १४ गते, २०८२ - ०८:४१
पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...
माघ १४ गते, २०८२ - ०८:०८
शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास
माघ १४ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...
माघ १४ गते, २०८२ - ०७:५५
काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...
माघ १४ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...
माघ १४ गते, २०८२ - ०७:२९
काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...
माघ १४ गते, २०८२ - ०७:२६
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा ...
माघ १४ गते, २०८२ - ०७:२१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...




प्रतिकृया लेख्नुहोस्: