Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

राजसंस्था पुनःस्थापनाको मागसहित सशक्त आन्दोलनमा होमिँदै राप्रपा, आज निषेधित क्षेत्र तोड्ने तयारी

निषेधित क्षेत्र उल्लंघन गर्न खोजे कारवाही गर्ने सरकारको चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । राजसंस्थापुनःस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजदेखि सशक्त आन्दोलन सुरु गर्दैछ। पहिलो दिनमै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने पूर्वघोषणा गरेको छ। रोक्न सुरक्षा निकायहरू सतर्क अवस्थामा छन्।

यसअघि राप्रपाले चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन आयोजना गरेको थियो, तर उक्त प्रदर्शन अपेक्षाअनुसार प्रभावकारी हुन सकेको थिएन। त्यसपछि पार्टीले आन्दोलनलाई चरणबद्ध रूपमा निरन्तरता दिँदै सरकारलाई दबाबमा ल्याउने रणनीति अपनाएको हो।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले  राप्रपा सधैं शान्तिपूर्ण आन्दोलनमा विश्वास राख्ने भन्दै  हिंसा मार्गदर्शक नभएको बताए। सरकारले पनि अनावश्यक बल प्रयोग नगर्ने विश्वास राखे। 

पार्टीको योजना अनुसार आजको प्रदर्शन मध्यान्ह १२ बजे अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा विजुलीबजारबाट सुरु हुनेछ। त्यसपछि उनले प्रदर्शनको अगुवाइ गर्दै बानेश्वरस्थित निषेधित क्षेत्रतर्फ अघि बढ्ने तयारी छ। 

बालुवाटार क्षेत्रमा डा. प्रकाशचन्द्र लोहनी र भद्रकालीतर्फ विक्रम पाण्डेले नेतृत्व गर्ने सम्भावना छ। यद्यपि, आन्दोलनको रणनीतिमा अन्तिम समयमा केही परिमार्जन हुन सक्ने अनुमान गरिएको छ।

राप्रपाका प्रदर्शनकारीले बानेश्वर, बालुवाटार र भद्रकाली क्षेत्रका निषेधित घेरा तोड्ने प्रयास गर्नेछन्। यस क्रममा सुरक्षाकर्मीहरू सँग धकेलाधकेल हुन सक्ने भए पनि पार्टीको कुनै ढुंगामुढा, तोडफोड वा आगजनी गर्ने योजना नरहेको राप्रपा छैन।

निषेधित क्षेत्रतर्फको आन्दोलनका क्रममा केही शीर्ष नेताहरू स्वेच्छाले गिरफ्तारी दिन सक्नेछन्। अध्यक्ष लिङ्देनले पत्रकारहरूसँगको कुराकानीमा आफू पक्राउ पर्न तयार रहेको स्पष्ट पारेका थिए।

यता, सरकार भने आन्दोलनको प्रतिकारमा कठोर नीति अवलम्बन गर्ने तयारीमा देखिएको छ। गृह मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा निषेधित क्षेत्र उल्लंघन गर्न खोजे त्यसलाई सह्य नगरिने चेतावनी दिइएको छ। हिजो आन्दोलनबारे राप्रपाका ७ नेतालाई निर्मल निवास बोलाएर पूर्वराजा ज्ञानेन्द्र शाहले पनि जानकारी लिएका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending