Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

म्याक्रोँंले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने

खबरडबली संवाददाता

पेरिस। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग बिहीबार पेरिसमा भेटवार्ता गर्ने भएको छन ।

युक्रेनीसेना प्रमुखले बिहीबार युक्रेनका उच्च अधिकारीहरू पनि युरोपेली सङ्घ र अमेरिकी प्रतिनिधिमण्डललाई भेट्न फ्रान्सको राजधानी पेरिसमा रहेको बताएको थिए।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अमेरिकी राजदूत स्टिभ विटकोफले युद्ध चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाए पनि युद्धविरामकोको प्रयासले सफलता नपाएपछि अमेरिकी अधिकारीहरू फ्रान्सको राजधानी पेरिसमा आइपुगेको हो ।

युक्रेनको सुमी र क्रिभी रिग सहरमा हालै भएको रुसको हवाई आक्रमणमा थुप्रै बालबालिकासहित दर्जनौँ व्यक्तिको मृत्यु भएको छ र यसले कूटनीतिक प्रयासको शृङ्खलाका बावजुद युद्धले कसरी ठुलो क्षति व्यहोरिरहेको छ भन्ने देखाउँछ ।

युक्रेनको डेनिप्रो शहरमा बुधबार राति भएको रुसी ड्रोन आक्रमणमा एक बालिकासहित तीन जनाको मृत्यु भएको थियो ।

ट्रम्पले रुससँग प्रत्यक्ष वार्ताका लागि देखाएको तत्परताका कारण यस पहिले अमेरिकाका निकट सहयोगीका रूपमा रहेका कतिपय पश्चिमा राष्ट्रहरू चकित भएका थिए । म्याक्रोँले युक्रेनको रक्षाका लागि समन्वित युरोपेली प्रतिक्रिया सिर्जना गर्न नेतृत्व लिएको छन ।

युक्रेनका सेना प्रमुख एन्ड्री येर्माकले आफू विदेशमन्त्री एन्ड्री सिबिगा र रक्षामन्त्री रुस्तम उमरोभ फ्रान्स, जर्मनी, बेलायत र संयुक्त राज्य अमेरिकालाई भेट्न पेरिस पुगेको बताएको छन ।

फ्रान्सका एक कूटनीतिक स्रोतका अनुसार यसअघि रुबियो र फ्रान्सका विदेशमन्त्री जाँ नोएल बारोटबिच युक्रेनको युद्ध, मध्यपूर्वको अवस्था र इरानी आणविक फाइलबारे छलफल हुने बताइएको थियो ।

पदभार ग्रहण गरेयता रुबियोको यो तेस्रो युरोप भ्रमण हो । पुटिनसँगको तेस्रो भेटको केही दिनपछि सोमबार विटकोफले शान्ति सम्झौता ‘उदीयमान’ भएको देखेको बताएको थिए ।

तेहरानको आणविक कार्यक्रमबारे अमेरिका र इरानबिच शनिबार ओमानमा भएको छलफलपछि पेरिस वार्ता भएको हो । अर्को चरणको खेल अप्रिल १९ मा ओमानमा हुनेछ । फ्रान्सका रक्षामन्त्री सेबास्टियन लेकोर्नू बिहीबार वासिङ्टन जाने कार्यक्रम छ ।

उनले युक्रेन, इरान र गाजालगायत विभिन्न विषयमा वार्ताका लागि अमेरिकी रक्षामन्त्री पिट हेगसेठसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले नेसनल इन्टेलिजेन्सका निर्देशक तुलसी गबार्ड र ट्रम्पका युक्रेन दूत किथ केलगसँग पनि वार्ता गर्ने अपेक्षा गरिएको थियो

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending