Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सात चलचित्र निर्माण, तीनको प्रदर्शन मिति घोषणा

खबरडबली संवाददाता

काठमाडौँ । २०८२ को पहिलो दिन चलचित्रकर्मीले सात चलचित्र निर्माण र तीन प्रदर्शनको घोषणा गरेका छन् । आज प्रदर्शनरत नेपाली चलचित्र हेर्ने दर्शकको उपस्थिति हलमा बाक्लो थियो । सोही अवसरमा चलचित्र निर्माता तथा निर्देशकले तीन चलचित्रको प्रदर्शन मिति र सातको निर्माण घोषणा गरेका हुन् । 

यो क्षेत्रका लागि नयाँ वर्षको शुभ साइत पारेर आज विसं २०८० को सफल चलचित्र ‘जारी’ को दोस्रो शृङ्खला बन्ने घोषणा गरिएको छ । यसै वर्षको दसैँमा प्रदर्शन हुने उक्त चलचित्रको छायाङ्कन यही वैशाख तेस्रो सातादेखि सुरु हुने निर्देशक एवं लेखक उपेन्द्र सुब्बाले बताए । 

उनले भने “जारीकै कथालाई निरन्तरता दिएर यसको दोस्रो शृङ्खला तयार गर्दैछौँ । नयाँ परिवेश र पुरानै जोडीको कथालाई दर्शकले हेर्न पाउनु हुनेछ । पहिलो चलचित्रमार्फत दर्शकको अपेक्षालाई पूरा गर्नेछौँ ।”

पाँचथर आसपास क्षेत्रबाट छायाङ्कन थालिने ‘जारी २’ मा अभिनेता दयाहाङ राई, विजय बराल, मिरुना मगर, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बुलगायत कलाकारले अभिनय रहनेछ। 

याम शेर्पाले निर्देशन गर्नुहुने ‘मिरमिरे’, ओमप्रतीक गुरुङले निर्देशन गर्नुहुने ‘ढुकढुकी’, सुनिल निउरेले निर्देशन गर्नुहुने ‘पुष्पलता’, विकास सुवेदीले निर्देशन गर्नुहुने तथा अभिनेता पल शाहले निर्माण गर्नुहुने ‘यानीमाया’, काजी लिम्बूको लेखन रहेको चलचित्र ‘जदौ’ को निर्माण हुने घोषणा गरिएको छ । नयाँ वर्षलाई लक्षित गर्दै निर्माण घोषणा गरिए पनि ‘जारी २’ बाहेक अन्यले छायाङ्कन हुने समय, कलाकार र प्राविधिकको विवरण सार्वजनिक गरेका छैनन् ।

नयाँ वर्षमा चलचित्र भवनमा उपस्थित दर्शकको ध्यान आकर्षित गराउन सकिन्छ भनेर निर्माता तथा निर्देशकले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुनसक्ने निर्देशक पुर्नेन्दु झाले बताए ।

उनले भने “नेपाली निर्माता तथा निर्देशक चाडपर्वको अवसर पारेर निर्माण घोषणा गरिरहेका हुन्छन् । यही कारण वैशाख १ गते यतिधेरै चलचित्रका बारेमा जानकारी सार्वजनिक गरिएको हुनसक्छ । यस घोषणाले यो वर्ष चलचित्रकर्मीले ठूलो आशा लिएको प्रस्ट हुन्छ । चलचित्र निर्माणको सङ्ख्या पनि बढ्ने अपेक्षा लिएका छौँ ।”
थै चलचित्र ‘डबल ट्रिपल’, ‘पहाड’ र ‘सिटामोल’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अशोक शर्माको निर्देशनमा तयार हुने चलचित्र ‘डबल ट्रिपल’ मा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सनविक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गर्नुहुनेछ । यो चलचित्र प्रणय दिवसको अवसर परेर आगामी फागुन १ गते प्रदर्शन हुने निर्देशक शर्माले जानकारी दिनुभयो ।  

“दसैँमा प्रदर्शन घोषणा गरे पनि उक्त मितिमा एकसाथ धेरै चलचित्र प्रदर्शन हुने तयारीमा रहेकाले हाम्रो मिति परिवर्तन गरेका छौँ । एकसाथ भिडेर भन्दा पनि एकअर्कालाई हातेमालो गर्दै अगाडि बढ्नुपर्ने समय भएकाले म आफैँ पछाडि हटेको हुँ”, उहाँले भन्नुभयो ।

त्यस्तै, राजबहादुर सानेले निर्देशन गर्नुभएको चलचित्र ‘सिटामोल’ आगामी साउन २३ मा प्रदर्शन हुने घोषणा गरिएको छ । अभिनेता सौगात मल्ल, बेनिशा हमाल, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतमलगायत कलाकारले चलचित्रमा अभिनय गर्नुभएको छ । 

निर्देशक तुलसी घिमिरे आठ वर्षको अन्तरालपछि चलचित्र ‘पहाड’ मार्फत पुनः निर्देशनमा फर्किनुभएको छ । उहाँले आफ्नो चलचित्र तिहारको भाइटीकालगत्तै कात्तिक ७ देखि दर्शकमाझ आउने घोषणा गर्नुभयो । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको भनिएको चलचित्रको प्राविधिक कामसँगै विदेश प्रदर्शनलाई ध्यानमा राखेर प्रदर्शन मिति घोषणा गरेको निर्देशक घिमिरेले बताउनुभयो । 

 “हामीले १० दिन मुम्बईमा चलचित्र छायाङ्कन गर्न बाँकी राखेका छौँ । त्यो सकेर प्राविधिक कार्यसँगै प्रचारप्रसार गर्दा लाग्ने समयलाई मध्यनजर गर्दै प्रदर्शनको समय घोषणा गरेका हौँ । विषयवस्तु पारिवारिक भएकाले पनि यसलाई स–परिवार हलमा गएर हेर्न मिल्ने गरी प्रदर्शन गर्न लागेका हौँ ।”

उक्त चलचित्रमा अभिनेता मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, विपीन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायत कलाकारले अभिनय गर्नुभएको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकसामु ल्याउँदै हुनुहुन्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending