Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

प्रत्येक वर्ष बैशाख १ गते मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौठो फूल

खबरडबली संवाददाता

उदयपुर । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला र ?  त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको संख्या हजारौ हजार हुन्छन ।

इसाको छैटौँ सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल बैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख ओइलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलित मध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रिय स्तरमा पूजनसय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख के को हो ? कसरी यतिका दिनसम्म बाँचि रहेका छन् ? यस्ता प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ ।

मधेश प्रदेश अन्तर्गत पूर्वपश्चिम लोकमार्र्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्र देखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन अर्थात बैशाख एक गते त्यो दुर्लभ फूल फुल्ने गर्दछन् । हारम जातका बिशाल रूखमा एक्कासी फूल फुल्नु र बैशाख १ गते साँझपख स्वतः ओइलाएर जाने घटना सबैका लागि अविश्वसनीय र कौतुहलको विषय बनेको छ । सलहेश को थिए ? सलहेशको जीवन गाथासँग फूलको के सम्बन्ध रहेको छ ? यो जान्नलाई पौराणिककालमा फर्किनु पर्ने हुन्छ ।

लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्ला अन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो भनिन्छ । आफना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामैर पकडियागढ गई त्यहाँ आफना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् भनिन्छ । सलहेशलाई मनमनै ह्दयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा बैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखापर्ने भनेपछि सोही दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको बैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको किंवदन्ती रहि आएको स्थानीयबासीको भनाई रहेको छ ।

राजा सलहेशको गाथासँग जोडिएको महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, बिराटपुर, त्रिवेणी धाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रुपमा मेला लाग्ने गर्दछन् । बैशाखको पहिलो दिन फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी आकारको फूल फुल्ने गर्दछन् । जुन फूल हेर्न देश–विदेशबाट हजारौको संख्यामा दर्शनार्थी आउने गर्दछन् । यही फूल र सलहेश फूलबारीले हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ । भनिन्छ सलहेश एकै दिनमा मानिस दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे ।

मैसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेम विछोडका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्ती रहि आएकाले यस फूलबारी भित्र रहेको हारमको रूखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको पाइन्छ । भनिन्छ, युवायुवती बीचको प्रेमकथालाई जीवन्तता प्रदान गर्न फूलबारीमा रहेको सो रूखलाई साक्षी मानी विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वास अनुरुप प्रत्येक वर्ष सो फूलबारीमा विवाह गर्नेको संख्या बढदै गएको स्थानीयबासीहरुको भनाई रहेको छ । वर्षेनी फुलबारी मेला हेर्न आउने आन्तरिक पर्यटकको सख्या बृद्धि हुदै गई रहेको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीलङ्काद्वारा ३९ वटा देशलाई निशुल्क पर्यटन भिसा दिने तयारी

काठमाडौँ ।  श्रीलङ्काले ३९ वटा देशका पासपोर्ट प्राप्त व्यक्तिहरुलाई निःशुल्क पर्यटक भिसा प्रदान गरी ६ महिनाको कार्यक्रम पेस गर्ने तयारी गरेको जनाइएको ...

युद्धको प्रभाव: भारतमा इन्धन महँगियो, नेपालमा कस्तो पर्ला असर?

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अस्थिरता बढ्दै जाँदा भारतले उड्डयन टर्बाइन इन्धन (एटिएफ) र व्यावसायिक एलपिजीक...

प्रि-मनसुनको महिना : औसतभन्दा बढी वर्षा

काठमाडौँ । प्रि-मनसुन अवधिमा हालसम्म देशभर औसतभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार यस वर्ष पनि मङ्गलबारस...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित ...

साना दलको आवाज : संसद्का संरचनामा सम्मानजनक सहभागिताकाे माग

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका साना दलहरूले संसद्का सबै संरचनामा आफ्नो उपस्थिति सुनिश्चित गर्न माग गरेका छन्। २१ फागुन...

संसदीय दल नेता चयन प्रक्रियाप्रति योगेश भट्टराई असन्तुष्ट

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई ले संसदीय दलको नेता चयन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर...

महेश बस्नेतविरुद्ध अनुसन्धान माग गरिएको रिट उच्च अदालत पाटनद्वारा खारेज

काठमाडौं ।  बलात्कार आरोपमा अनुसन्धान गरी कारबाही अघि बढाउन माग गर्दै दायर गरिएको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। सोमकान्त मैनाली र केशव प्रसाद अ...

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएपछि उत्पादन रोकिएकोमा सो उपकरणको मर्मत गरी आजबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको ...

अब ३३ सय भन्दा कममा जहाज चढ्न नपाइने

काठमाडौं । हवाई इन्धनको भाडा बढेसँगै हवाई जहाजको भाडा समेत बढेको छ । नेपाल वायुसेपा सञ्चालक संघले बुधबार बढेको इन्धनको मूल्य (सरचार्ज) समायोजन गरेर नय...

डलरको लोभ देखाएर ठग्ने ‘पुरानो चोर’ पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सस्तो दरमा अमेरिकी डलर साटिदिने बहानामा सर्वसाधारणलाई ठगी गर्ने दुई जनाको गिरोहलाई नियन्त्रणमा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending